मेचीनगर ।वर्तमान राष्ट्रिय संकटको जड भनेको दलाल पूजिवाद भएको जिकिर नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा ‘सी’ले गरेकाछन् । काँकरभिट्टामा आयोजित अन्तरकृया कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दे उनले यस्तो जिकिर गरेकाहुन् । वर्तमान राष्ट्रिय संकट र यसको निकास विषयक अवधारणा पत्र माथि मन्तव्य राख्ने क्रममा जनसाँस्कृतिककर्मी समेत रहेका नेता लामाले दलाल पूजिवादलाई ठेगान नलगाए सम्म देश र जनताको पक्षमा केही नहुने समेत बताए । विपल्व नेतृत्वको नेकपा पूर्वी झापाले आयोजना गरेको सो कार्यक्रममा बौद्धिक व्यक्त्विहरु शिरो सान्दाई, टीकाराम पौडेल, नेकपा(माओवादी केन्द्र)मेचीनगरका अध्यक्ष राजन चिमरिया र प्रेस क्लब मेचनिगरका अध्यक्ष डम्बर बरालले मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व सो पार्टीका नेता प्रशान्त सीले गरेका थिए ।