खबर

रवि लामिछानेले भने- मतदाताको शिर झुकाउने काम गर्दिनँ

भरतपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन्। भरतपुरमा पार्टी कार्यकर्ताले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन्।”

उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवादसमेत दिए। निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button