केही छैन स्थायी यहाँ,
यह छ है नश्वर संसार।
माया,ममता यही रहन्छ ,
छुटने छ सारा घरद्वार।
सुन्दर तन,चन्चल मन
,विपुल धन यही रहन्छ ।
रिश्ता नाता ,भाई बन्धु,
साथमा कोही कहाँ जान्छ ?
गर अब करणी यस्तो ,
लोकले गरुन तिम्रो याद।
मधुर र प्रिय वचन बोल,
जीवन बनोस सुंदर ख्वाब।
रहने छ केवल करणी ,
बोल यहाँ प्यारको बोल।
सद्कर्मको प्यारो खेती,
परोपकारको रीति घोल।
जो हिडदा हुन्छ धरा सहमत,
उ केवल अब इतिहास।
यौवन , वैभव, नौकर,चाकर,
रहेन अब केही पनि साथ ।
आज धरामा उनै अमर,
जसको छ अमर कहानी।
जय जय उनकै गर्नु ,
अमर उनको निशानी।
जसले परपीड़ालाई सम्झे ,
यो जगको गरे बन्दना ।
समाजलाई आफ़्नो माने ,
स्वयंलाई गरे ईश्वर रचना।
आज नभए भोली जानु छ
,सांसारिक लीला छोड़ेर
केवल आयु बितेर जानेछ ,
फेरी कुनै बहाना गरेर ।
स्वयं त आयौ रुदै रुदै ,
जब जान्छो तब जग रोए ।
कटाउने त उही हो अन्तमा ,
जो केही जीवनमा बोए ।