
कविता।
आमाले आँसु, झार्दै छिन हेर,
भित्री मन दुखेर।
धुक धुकी खाली, बाँकी छ उनको,
वेदना बोकेर।
शान्ती को बिगुल, फुकेको फुकै,
खोई शान्तीआएको।
भाइ भाइ आफु, लडेर याहाँ,
झन दु:ख पाएको।
जुटने र फुटने ,नितिले देश,
कंगाल बनाए।
फोस्रा भाषण, गरेर सारा,
जन्तालाई भुलाए।
केके न होला, देशमा भनि,
गणतन्त्र ल्याएको।
ठुलालाई चइन ,सानालाई एैन,
यहि बिकाश भएको।
महँगीले ढाड, सेकेर आज,
भाउ बिक्री घटदैन।
देशमा छ ,सरकार नियन्त्रण गर्न,
अगाडि बढदैन।
विश्वा भरिमा ,जलस्रोत को धनि,
देश नै हाम्रो हो।
तर खै आज ,के भयो कुन्नि,
झन पछि पर्ने भो।
आफनो हालत यस्तो देखेर,
देश आफै रुदैछिन।
दिन दिन आफनै पिर ब्याथालाई,
आँसुले धुदैछिन।
हुँदैन देश रोएको राम्रो,
देशलाई हसाउँ।
नेता र जन्ता सबै एक भइ,
देशलाई बचाउँ ।।
समाप्त ।
काकडभिट्टा