मूल खबर

दुई  महिने अभियानसँगै नेकपा(एकीकृत समाजवादी)बिर्तामोड नगरकमिटी पुनर्रगठन

बिर्तामोड । नेकपा(एकीकृत समाजवादीं)को बिर्तामोड नगर कमिटी एक कार्यक्रमका बीच पुनर्रगठन गरिएको छ ।नव निर्वाचित नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार केन्द्रीय कमिटीको कार्यक्रम अनुसार झापा क्षेत्र नं २ मा दुई महिने संगठन निमार्ण तथा सुद्धिढिकरणका विषयमा समेत विभिन्न निणर्य र जिम्मेवारी तोकिएको उनले बताए । पार्टी केन्द्रको अभियानको योजनालाई क्षेत्रमा सफल बनाउनका लागि पार्टीका नगर नेतृत्वबीच जिम्मेवारी दिएको र अभियानलाई वडा तह सम्म पु¥याउनका लागि विभिन्न योजाना बनाएको समेत सिटौलाले बताए ।


दुई महिने अभियानको योजनासँगै शनिबार(आजं) पार्टीको नगर कमिटी पुनर्रगठन गरिएको उनले बताए ।पुनर्रगठित नगरकमिटीमा क्रमशः अध्यक्ष श्रीप्रसाद सिटौला, उपाध्यक्षहरुमा क्रमशःकमल भट्टराई, लीला बराल र पञ्चिका बुढाथोकी रहेकाछन् भने सचिवमा कृष्ण बिष्ट , सह सचिवमा भीम बराईली रहेकाछन् । ४१ सदस्यीय कमिटीमा अहिले ३६ जना रहेका र बाँकी थप गरिने सिटौलाले बताए ।


पार्टीको केन्द्रीय योजना अनुसार आज सम्पन्न पार्टी अभियान अन्तर्रगत क्षेत्र नं २को कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अभियानका क्षेत्र नं २ का प्रमुख निलमणी बराल रहेका थिए भने अतिथिहरुमा जिल्ला सचिवालय सदस्य आजात राना तथा पार्टीका अग्रज कार्यकर्ता वासु दुलाल, डाक्टर मुरली शाहा लगायतका थिए । श्रीप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य गोविन्द वाँस्तोलाले गरेका थिए भने संचालन कृष्ण बिष्टले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button