
देवेन्द्र किशोर
गुवाटी । भारतको असम राज्यस्थित गुवाहाटीमा रहकोग्लोबल ह्यूमन राइट्स प्रोटेक्सन फोरमले एक कार्यक्रमकाबीच मानवअधिकार र सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाई सम्मान गरेको छ । सो संस्थाको बार्षिकोत्सव कार्यक्रममा मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका कार्यरय सामाजिक अभियन्ता हरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । सो संस्थाको नेपाल अध्यक्ष तथा मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेन्सी सर्भिस अवार्ड, समाजिक अभियन्ता मानवअधिकारकर्मि आजपा नेतृ सुनिता साहलाई सुभाष चन्द्र बोस फेलोसिप, नबल किसोर साहलाई भुपेन हजारिका फेलोसिप,गीता पासवान,सिकिन पासवान बिभा पासवान,अनवर अलि र कामेश्वर प्रसाद साहलाई डा अम्बेडकर ग्लोबल फेलोशिप,र प्रमिला गिरीलाई आलोक बेनर्जी ग्लोबल फेलोशिप बाट संस्थाको स्थापक अध्यक्ष महानन्द सरकार दत्तले एक समारोहका बीच सम्मान गरेका थिए ।