कला

‘ड्रिम्स’ उत्कृष्ट वृत्तचित्र

काठमाडौँ। १३ औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवमा वृत्तचित्र ‘ड्रिम्स’ लाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । सोही अवसरमा स्वयम् मास्के मानन्धरले निर्देशित लघु चलचित्र ‘बु, द बाऊ, द काफ’ ले स्पेसल मेन्सन अवार्ड प्राप्त गर्‍यो । अवार्ड युरोपियन डेलिगेसनका उपराजदूत डा. जोएल इभोनेटले वितरण गर्नुभयो । यसै वर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा विजेता चलचित्रकर्मी सहभागी हुने अवसर पाउने छन् । महोत्सवमा छनोट भएका र प्रदर्शन गरिएका नौ वटा लघु चलचित्रलाई समेत प्रमाणपत्र प्रदान गरियो ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button