खबर

कंगनालाई भाजपाले दियो टिकट

एजेन्सी ।

सधैं विवादाष्पद अभिव्यक्ति र हर्कतका कारण विवाद र चर्चा बटुलिरहने बलिउड अभिनेत्री कंगना रनावत राजनीतिमा प्रवेश गरेकी छन्।

उनले सामाजिक सञ्जालमा सधैं सहयोग गर्दै आएको भारतीय जनता पार्टीले आफूलाई चुनाव लड्न टिकट दिएको बताएकी छन्। यस्तै भारतीय सञ्चारमाध्यमले पनि उनले टिकट पाएको बारे चर्चा गरेका छन्। भाजपाले कंगनालाई उनकै जन्मस्थान हिमाञ्चल प्रदेशको मंडीमा लोकसभाका लागि चुनावी मैदानमा उतारेको छ।

टिकट पाएपछि कंगनाले सामाजिक सञ्जालमार्फत भाजपाका शीर्ष नेताहरूलाई आभार प्रकट गर्दै आफू सदा निष्ठापूर्वक काम गर्ने बताएकी छन्। ‘मेरो प्यारो भारत र आमभारतीयको पार्टी भाजपलाई मैले सधैं बिनासर्त समर्थन गर्दै आएकी छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मेरो जन्मभूमि मंडीका लागि लोकसभाको उम्मेदवार घोषित गरेको छ। आधिकारिक रूपमा पार्टीमा सामेल भएर सम्मानित र उत्साहित बनेकी छु,’ उनले भनेकी छन्।

कंगनाले योग्य कार्यकर्ता र जनप्रतिनिधि बन्ने कोशिस गर्ने बताएकी छन्। कंगना आगामी फिल्म इमरजेन्सीलाई लिएर पनि चर्चामा छिन्। जसमा उनी भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन्।

त्यस्तै, भाजपाले लोकप्रिय धार्मिक टेलिशृंखला रामायणमा रामको चरित्र निर्वाह गरेर लोकप्रियता कमाएका कलाकार अरुण गोविललाई पनि हिमाञ्चलबाट टिकट दिएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button