विचार

परिवर्तनका खातिर बिद्यार्थी दिवस र अबको कार्यभार ।

प्रवीण मिश्र
सर्वप्रथम नेपाली जनताका छोराछोरीलाई स्वतन्त्र रुपले बोल्न,पढ्न , लेख्न र रोजगारीका लागि ग्यारेन्टी गर्न २००७ साल भन्दा अघि राणा शासनको अन्त्य गर्न र पन्चायती व्यवस्था र बहुदलिय राजतन्त्रको अन्त्यका लागि १० बर्षे महान जनयुद्ध का प्रथम शहिद दिल ब.रम्तेल लगायत सम्पुर्ण शहिदहरुप्रति श्रद्धाञ्जली र घाइते योद्धा प्रति सम्मान व्यक्त गर्दछु।

२०१७ पौष १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरि शाहि कूं मार्फत राजा महेन्द्रद्वारा दलहरुमाथि पूर्ण प्रतिबन्ध लगाउदैं जनताका हक अधिकार र स्वतन्त्रता प्रति बन्देज गरेका थिए । उक्त कदमको बिरुद्ध उभिएका कम्युनिस्ट / काँग्रेसका सयौं नेताहरूलाई खोजिखोजि चरम यातनापूर्ण जेल सजाय दिएका थिए। यस्ता कालहर्कतको बिरुद्ध छासछुस कुरा गर्ने नागरिकहरू माथि पनि अधिक निगरानि , व्यापक नियन्त्रण र कठोर दमनको नीति अक्तियार गरिएको थियो ।
२०१८मा तत्कालीन खुनि पञ्चायती सरकारले “राष्ट्रिय शिक्षा ऐन” जारि गरि बाल/ किसान/ महिला/ युवा/ मजदुर र बिधार्थी बाहेकका सम्पूर्ण संघ संगठनहरु माथी प्रतिबन्ध लगाएको थियो ।मुलुकको राजनीतिक अवस्था भयावह, जटिल र कहालि लाग्दो थियो। यस्तो अत्यासपूर्ण जटिल परिस्थितिमा सचेत, शिक्षित, अन्यायका बिरुद्ध बिद्रोह गर्ने चेतना ,शारिरिक हिसावले स्वस्थ्य, आँट,धैर्य, साहस र श्रृजनाका पर्याय यूवा बिधार्थी माथि पञ्चायति खुनि बर्बरताको जञ्जिर युक्त जुवा भाँचेर राष्टलाइ बन्धन मुक्त पार्ने या निरंकुश खुनि कलाो पञ्चायतको टाङ मुनि जबरजस्त छिरेर समाहित हुने दुई बिकल्प मात्र खडा थिए ।नेपाली बिधार्थीहरु हजारौं यातना दु:ख त के मृत्यु स्वीकार्न तयार हुने तर खुनि कालो पञंचायति बर्वरताको हलिया कुनैपनि हालतमा नहुने दृढ संकल्प सहित अगाडि वढ्ने उदघोष गरि शैक्षिक तथा सामुदायिक बिषयहरुलाई आन्दोलनको मुद्धाको रुपमा अगाडि बढाए। आवरणमा हेर्दा बिधार्थी आन्दोलनको उद्देश्य विशुद्ध शैक्षिक र सामुदायिक जस्तो देखिए पनि सार मा पञ्चायति खुनि बर्बर कालो सत्ताकोमहल भत्कांउदै भग्नावशेषमा परिणत गर्नु नै थियो । युद्ध रफ्तारमा अगाडि वढेको बिधर्थी आन्दोलन आम युवा बिधार्थीलाई व्यापक रुपले जागरुक र संगठित गर्दै जनताको बिचमा सकरात्मक र आशातित सन्देश छोड्न सफल बन्दै थियो ।

यसै क्रममा २०२० बैशाख २३मा सम्पूर्ण हाइस्कुल र कलेज/ क्याम्पसमा ” स्वतन्त्र बिधार्थी यूनियन”को निर्वाचनको माग राख्दै शैक्षिक हड्तालको घोषणा भयो, आन्दोलनकै बिच २०२० भदौ २० मा त्रिभुवन बिश्वबिधालयमा स्वबियू निर्वाचन सम्पन्न भयो, नेपाली बिधार्थी आन्दोलनको इतिहासमै यो स्वबियू निर्वाचन पहिलो बन्यो । जनार्दन प्रसाद आचार्य नेतृत्वको प्रगतिशील प्यानलले बिजय हासिल गरेको स्वबियुले ४ चैत २०२० मा काठमाडौ उपत्यकाका १८ प्रतिनिधि सम्मिलित उपत्यका स्तरिय ” अन्तर कलेज सम्मेलन आयोजक समिति” गठन भयो, त्यहि सम्मेलन आयोजक समितिको आयोजनामा २५-२९ वैशाखमा उपत्यकाका कलेजबाट प्रतिनिधि र उपत्यका बाहिरका कलेज र हाईस्कुलवाट पर्यवेक्षक सम्मिलित ५ दिने सम्मेलन देशभरका सम्पूर्ण कलेज र हाई स्कुलमा समेत स्वबियूको स्थापना , यातायात र अस्पतालमा बिधार्थीलाई छुट , गोर्खा भर्ती केन्द्र बन्द हुनुपर्ने , अध्ययन सके पछि “गाउँ जाउँ, गाउँ बिकासमा सहयोग पुर्याऔं” जस्ता समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भयो । सम्मेलन का प्रतिनिधि / पर्यवेक्षक र सहभागी एवं सहयोगिहरुलाई सम्मेलन सम्पन्न भएको राति वाटै कोठाकोठा व्यापक धरपकड र गिरफ्तारी गर्ने काम छापामार शैलिमा खुनि पञ्चायति सत्ताले सुरु गर्यो, आततायी सत्ताले युवा बिधार्थीहरुमा ठूलो भय त्रास र आतंकको श्रृष्टि गर्यो, सम्मेलनका दस्तावेजहरु जफत भए , अन्यायका बिरुद्ध लड्ने, शारिरिक मानसिक रुपले स्वास्थ्य , नयाँ चिजको खोजिगर्ने विशेषता बोकेका बिधार्थीहरु आततायी खुनि पञ्चायति खुनि सत्ताको बर्बरता, दमन र अत्याचारका बिरुद्ध २०२१ जेठ १ गते त्रिचन्द्र क्याम्पसमा उपलब्ध अगुवा बिधार्थी नेताहरुको आपतकालिन बैठक बस्दै – गिरफ्तार बिधार्थी नेताहरुको बिनासर्त रिहाई, सम्पुर्ण शैक्षिक संस्थामा स्वबियू स्थापना सहित का माग राखि संघर्षको घोषणा भयो । सोहि दिन १२०० भन्दा वढि बिधार्थीहरु आततायी सत्ताका बिरुद्ध हातमा मैनबत्ती बोक्दै प्रदर्शनमा सहभागी भए, निरन्तर ८ दिन सम्म उक्त आन्दोलन जारी रह्यो ।
शाहि कूं द्वारा जनताका अधिकार माथि अंकुश लगाउने, पार्टी हरु माथी प्रतिबन्ध लगाउने , युवा बिधार्थी माथि चरम दमन र मुद्दा लगाउने कुकृत्यको बिरुद्ध जनस्तरमा व्यापक आक्रोस पैदा गर्यो। बिधार्थीले जेठ १ बाट सुरु गरेको आन्दोलनमा समेत व्यापक जनसमर्थन र ऐकबद्धता जुट्न थाल्यो, निर्णायक दिशामा बिधार्थी आन्दोलन अगाडि बढेपछि आन्दोलनको राप ताप र जन समर्थनबाट अत्तालिएका खुनि पञ्चायति शाषकहरु बिधार्थी आन्दोलनका सामु लम्पसार परेर घुँडा टेक्न बाध्य मात्र भएनन् सम्पुर्ण माग पूरा गर्न तयार भए । यसै क्रममा देशभरका कयौं विद्यार्थी नेताहरू गिरफ्तारी मा परे त चितवनका वामपन्थी कम्युनिस्ट विद्यार्थी नेता मित्रमणि आचार्य लगायत कयौं नेतालाई अमानवीय तरिकाले हत्या गरेका थिए।त्याग र बलिदान काे बल बाट हाईस्कुल र कलेजमा स्ववियु खोल्न पाउने अधिकार २०४२ सम्म कायम रह्यो भने २०४२ पछि कलेज/ क्याम्पसहरुमा मात्र स्वबियू निर्वाचन हुने परंपरा कायम भयो ।
यहि कारण जेठ १ मा घोषित आन्दोलनले पञ्चायति खुनि सत्तालाई त्राहिमाम पार्दै आत्मासमर्पण गराउन सफल भएको , स्वबियू खोल्न पाउने लगायत सम्पूर्ण उपलब्धि हासिल गरेको, पञ्चायति शाषकहरुको मुटुमा ढ्याङ्गरो ठोक्दै उनका हिमायति सुण्डमुसुण्डहरु तर्सिने गरि आफ्नो ताकत पोख्न सुरुगरेको,राजा महेन्द्रले शाहि कूं द्वारा अपहरण गरेर कसेको सत्ताको सुर्केनी फुस्काउन सफल हुँदै बिजयको झण्डा गाड्न आधारभूमि(जग) खडा गरेकोले त्याग,समर्पण,संघर्ष र बिजयको स्मरण , प्रतिबद्धता र सम्मानमा जेठ १ लाई बिधार्थी दिवशको रुपमा मनाउने गरिएको छ।

नेपाल काे राजनीतिक ईतिहासमा ठुला ठुला परिवर्तन भए पनि नेपाली जनताको नैसर्गिक अधिकार गाँस , बास, कपास, शिक्षा र स्वास्थ रोजगार लगायतका मागहरु अझैसम्म पूरा भएकाे छैन ।राजतन्त्रको अन्त्यपछि वर्तमान नेपालको राजनीति दलाल पूँजीपति र दलाल सन्सदिय व्यवस्थाकाे कारण शिक्षामा भएको व्यापारीकरण,निजीकरण ,माफियाकरणकाे अन्त्यको लागि अझै अान्दोलन गर्नुपर्ने देखिको छ र विद्यार्थीको अनिवार्य शिक्षा , निःशुल्क शिक्षा र उच्च तह सम्मको सबै सङ्कायकाे निशुल्क शिक्षा काे ग्यारेन्टी गर्न विद्यार्थी आन्दोलनको आवश्यकता टट्कारो भएको छ। ,यहीँ कारणबाट नेपाली जनताको दक्ष जनशक्तिको विदेश पलायन भैरहेको छ ।
सारमा हिजोका युवा बिधार्थीले उठान गरेका न्याय समानता र मुक्ति , अधिकार स्वतन्त्रता र समृद्धिका आधारहरु भिन्न रुप र प्रकृतिमा वर्तमान दलाल पुजीवादी संसदीय सत्ताद्वारा अपहरित छन। यस्तो विषम परिस्थितिमा आज आम यूवा बिधार्थीहरुले बिगदका आन्दोलन बाट शिक्षा लिदैं बिधार्थी आन्दोलनका बाकिँ कार्यभार पूरा गर्न भूमिका निर्वाह गरेमात्र जेठ १(बिधार्थी दिवश)प्रति वास्तविक स्मरण, सम्मान र प्रतिवद्धता हुने छ ।
( लेखक :- अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रीय नेता हुन , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी)मा आबद्ध छन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button