
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का केन्द्रीय सदस्य मिलन थापाको जिवन रक्षाका लागि सो पार्टीले अपिल गरेको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव समीरले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य मिलन थापाको जिवन रक्षाका लागि अपिल गरेकाछन् । समीरले जारी गरेको विज्ञप्तिमा जेठ २८ गते बिहान भरतपुर महानगरपालिका नारायणघाटबाट थापालाई सादा पोषाकका प्रहरीले नियन्त्रण गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा आफ्ना पार्टीका नेता र कार्यकर्ताहरुको धरपकड, घर खानतलासी र गिरफ्तारीप्रति समेत उनले आपत्ति जनाएकाछन् ।