मेचीनगर ।
‘भोकालाई भोजन,प्यासालाई पानी’ भन्ने अभियानको आज ३१ औँ दिन पुगकोछ । झापाको काँकरभिट्टामा जेष्ठ १ गतेबाट शुरु भएको यो अभियानको संचालन जय महांकाल युवा समुहले गरेको हो । समुहका मेचीनगर सचिव चरण प्रसाईका अनुसार पूर्वी सिमानामा जय महांकाल युवा समूह मेचीनगरले काकरभिट्टामा अभियान जेष्ठ १ गते बाट सुरू गरेको थियो ।संस्थाले बिभिन्न परोपकारी कार्य , धार्मिक जागरण लगायतका कार्य गर्दै अन्य जिल्लाहरुमा समेत यसको शाखा विस्तार गर्दै गरेको बताए ।
मानवीय सेवाभावलाई प्रचार प्रसार गर्दै सनातन धार्मिक राष्ट्र निर्माणमा एकजुट बन्न साथ ,सहयोग गर्न र सम्पूर्ण धर्म प्रेमी युवाहरुमा सनातन हिन्दु धर्म जागरण अभियानमा सरिक बन्न नगर सचिब चरण प्रसाईले आग्रह गरेका छन् ।