सृजनाको चौतारी

असारे झरी 

असार आयो बर्षाद छायो,
पहाड तराई।
कृषक जाति एउटै हामी,
कोहि छैन पराई।
मिली र जुली अर्म र पर्म,
गरेको भरैमा,
उठाउछौ बाली सबै मिली,
छिमेकी सारैमा।
गैरी खेतमा असारे हिलो,
गदगद पारेर।
रोपिन्छ धान सबैजना मिली,
बेँसीमा झरेर।
सादेको गुन्द्रुक थालमा चाम्रे,
आलीमा बसेर।
सबैजना मिली खादछन यहाँ ,
खुसी भै हासेँर।
कृषकलाई न पानी झरि ,
न जिउमा लुगा छन,
हातमा फरुवा कोदाली बोकि,
खेतआली खन्दछन।
यसरी दु:ख हरेक भोग्दै ,
धान अन्न फलाउछन।
धर्ती का सारा प्राणी हरुलाई,
यिनैले बचाउँछन।
असारे झरी बादलु सधै,
आकाश ढाकेका,
कृषक दाइ घुम ओडीओडी,
खेत मा लागेका।
माले र तारे होहो भन्दै,
जोडले कराउँदै।
अग्ला र होचा खेतका गरा,
पटाहाले मिलाउँदै।
गृस्म ऋतु क्या राम्रो आयो,
झरीलाई लिएर।
वसन्त गयो सबै कृषकलाई,
असिर्बाद दिएर।
बर्षामा दु:ख कष्ट गरेर,
धान रेपाइ गर्दछन।
मंगसिर महिना लागे है पछि,
भकारी भर्दछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button