खबरहेड लाइन

लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी

काठमाडौँ । लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् ।

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले जेठ २९ र कम्पनी रजिस्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै संस्था एक भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुने बताइएको छ ।

यस्तै राष्ट्र बैङ्कले जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका–४, कैलालीमा रजिस्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्थाबिच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैङ्कले गत जेठ २९ गते ‘घ’ वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति दिएको हो ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button