
सांकेतिक तस्विर
कविता
जी एन शर्मा
काठमाडौँको घुुँडामा पानीले छोयो
अलेली के काठमाडौ भिजेको थियो
देश भरिनै हल्ली खल्ली भयो
कोकोहोलो मच्च्यिो
तर, झापाको झाँटी सालिन्ने डुबेको छ
काठमाडौको घुँडा भिजाउँदा झापाको झाँटीको घाँटीमा छ पानी
तर, झापाको झाटी बानी परेको छ
घाँटीघाँटी पानीमा पनि झाँटी टेर्दैन
किनकी यो कथा उसको आफ्नै हो
काठमाडौँको घुँडामा पानी पुग्दा
सरकारलाई ठूलै दरकार हुन्छ
किनभने काठमाडौमा सरकार छ
तर, झाँटीले सधै घाँटीघाँटी पानी पुगेर बाँच्ने गरेको छ
झाँटीमा काठमाडौको जस्तो सरकार छैन
झाँटीमा हलोकोदालो गर्नेहरु बस्छन्
काठमाडौ भनेको काठमाडौ हो
झाँटी भनेको झाँटी हो
काठमाडौ काठमाडौमा छ
झाँटी झापाको धेरै तल छ