कला

अम्बानीको संगीत समारोहमा जस्टिनले लिए ८३ करोड भारु

एजेन्सी ।

पपस्टार जस्टिन बिबर हालै भारतीय धनाढ्य मुकेश अम्बानी तथा नीता अम्बानीका छोरा अनन्त अम्बानीको विवाह समारोहअघिको संगीत समारोहमा आफ्नो प्रस्तुति दिए।

एसियाकै धनी अम्बानीका छोरा अनन्त र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरे। उनले त्यस प्रस्तुतिका लागि मोटो रकम पारिश्रमिकस्वरुप लिएका छन्।

बिबरले सो संगीत समारोहका लागि ८३ करोड भारतीय रुपियाँ पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुम्बईंस्थित नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा आयोजित सांस्कृतिक समारोहमा जस्टिनको प्रस्तुति हेर्न बलिउड सेलिब्रटी पनि सहभागी भएका थिए।

समारोहमा जस्टिनले लभ योर सेल्फ, आइएम द वन र ह्वेर आर यू नाउजस्ता आफ्ना चर्चित गीत गाएका थिए भने इन्फ लुएन्सर ओरीसँगको प्रस्तुतिमा पनि रमाइलो गरेको थिए। जस्टिनले आफ्ना प्रस्तुति तथा अम्बानी परिवारका सदस्यका साथ खिचेका क्यान्डिड तस्वीर आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि सेयर गरेका छन्।

त्यस्तै, आफ्ना लागि अम्बानी परिवारले उपलब्ध गराएको विलासी गाडीको तस्वीर पनि सेयर गरेका छन्। अनन्त र राधिकाको विवाह समारोह आगामी शुक्रबार हुँदैछ भने आइतबार विवाह समारोह समापन हुनेछ। जस्टिन भने अम्बानीको संगीत सेरोमनीमा सहभागी भएर अमेरिका फर्किएका छन्।

गतमार्च १ देखि ३ सम्म पनि अनन्त राधिकाको प्री वेडिङ सेरोमनी मनाइएको थियो। जसमा पपस्टार रिहानालाई प्रस्तुतिका लागि बोलाइएको थियो। उनले पनि करिब ७० करोड भारतीय रुपिया“ पारिश्रमिक लिएकी थिइन्।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button