
काठमाडौं : युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ। सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो। २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबालको गोल नै निर्णायक गोल बन्न पुग्यो।
पहिलो हाफ गोलरहित बनेपनि दोस्रो हाफको सुरुवातमा नै स्पेनका लामिन यामालको पासमा निको विलियम्सले अग्रता दिलाएका हुन्। ७३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए।
तर खेलको ८६ औं मिनेटमा स्पेनका मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताउन सफल भएका हुन्। इङ्ल्यान्ड भने लगातार दोस्रो युरो कप फाइनलमा पराजित भएको छ।अन्नपूर्ण