
बिर्तामोड — नेपाल मुस्लिम इत्तेहाद संगठन बिभाग प्रमुख जबुल मिया संग सो संगठनका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज मोहम्मद इस्लामको नेतृत्वमा विहिबार भेटघाट भएको छ ।भेटका क्रममा संगठन बिभाग प्रमुखजबुल संग झापामा संगठन विस्तार र संगठनलाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा छलफल गरेको संगठन झापा इन्चार्ज मोहम्मद इस्लामले बताए ।
सो भेटघाट कार्यक्रममा संगठन झापाका पूर्ब जिल्ला अध्यक्ष मोः शादिक अन्सारी, जिल्ला सदस्य मोः समसाद मिया, जमीयते ओलेमा नेपाल झापा अध्यक्ष ऐजाज़ अहमद समेतको उपस्थितिमा नेपालमा मुस्लिम समुदायको अबस्था र चुनौतीका बिषयमा समीक्षा गरेका थिए ।
कार्यक्रमको महत्व बारे संगठन झापा इन्चार्ज मोहम्मद इस्लामले प्रकाश परेका थिए ।