
मेचीनगर नगरपालिका वडा नं १० मा रहेको नन्दा करिडोर क्षेत्र क्रमशः स्थानीयका लागि आकर्षण बन्दैछ । नन्दा नदीको किनारमा स्थानीय सामाजिक अगुवाहरुको अगुवाईमा अहिले खुल्ला व्यायाम स्थल समेत संचालनमा आएको छ । साथै प्राकृतिक रुपमा समेत स्वच्छ र सुन्दर रहेको यो नदी किनार विस्तारै सजिदै समेत गएको छ ।