
काठमाडौ। बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण आगो लागेको हो। प्राप्त प्रारम्भिक जानकारी अनुसार आगो नियन्त्रण गर्न प्रयास भइरहेको छ ।
त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार विमान दुर्घटना भएर आलो लागेपछि आगो नियन्त्रणका लागिअहिले सुरक्षाकर्मी खटिएका छन्।
काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको बताइएको छ । यो समाचार तयार गर्दा सम्म दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।