खबर

भद्रपुरमा ज्येष्ठ नागरिक संघ गठन

भद्रपुर— भद्रपुर नगरपालिका वडा नं ३ स्तरीय जेष्ठ नागरिकहरुको भेलाले लक्ष्मीप्रसाद फुयालको अध्यक्षतामा ९सदस्यीय जेष्ठ नागरिक संघ भद्रपुर —३ गठन गरेको छ ।

सो समितिको उपाध्यक्षमा पदमबहादुर अधिकारी, सचिवमा शंकर रिजाल र कोषाध्यक्षमा रोमा देवी घिमिरे रहेका छन् भने समितिका सदस्यहरुमा क्रमशः शैलक्ष्मी राई, छली माया भण्डारी, भरत राजबंशी, प्रेम प्रसाद दर्नाल, भीम बहादुर बास्कोटा चयन भएका छन् ।
उक्त भेलामा बोल्दै जेष्ठ नागरिक संघ भद्रपुरका सचिव इश्वर प्रसाद पोखरेलले जेष्ठ नागरिकहरुको संरक्षणमा समुदाय र राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button