विचार

निजि सम्पत्ति, वर्ग र युद्ध

 

युद्धको कारण निजि सम्पत्ति हो।जब समाज निजि सम्पति तिर गयो यसले समाजलाई पानीमा तेल छुट्टिएको जसरी समाजलाई दुई वर्गमा विभाजित गर्यो।श्रम गर्ने र नगर्ने।हो यहि श्रम नगर्ने वर्ग ले श्रम गरेर जम्मा गरेको सम्पतिलाई बाडफाढ सुरक्षा र व्यवस्थापनको जिम्मा पायो ।यहि जिम्माको नाममा एउटा वर्ग श्रम नगर्ने भयो र अरुले श्रम गरेर ल्याएको सम्पतिको मालिक नै आफु र सारा सम्पति आफ्नो भन्ने कुदृष्टि र कुविचारको भाव राख्न थालो।

अरुले रगत पसिना बगाएर जम्मा गरेको सम्पतिमा लोभ लालाचा बढ्यो ।त्यहिबाट निजि सम्पतिको उदय भयो।यहि निजि सम्पतिकै कारण समाजमा वर्गको उदय भयो।यहि वर्गको कारण आज समाजमा हत्या हिंसा अशान्ति र युद्ध भैरहको छर। युद्धको मुख्य कारण निजि सम्पति , वर्ग रक्षा र अस्तित्व नै हो।जसको कारण समाज सधै द्वन्द्वको दब्दबामा रहन्छ। श्रमजीवी वर्ग कहिलै युद्ध चाहदैनन् यो वर्ग समाजमा,अशान्ति,हत्या, हिंसा,कल(झगडा ,अन्याय ,अत्याचार,रअसन्तुलित समाजको कल्पना पनि गर्दैनन् ।यो यस्तो वर्ग हो जीवनयापनको साधानको लागि आफ्नो श्रम बेच्नु बाहेक अरु केही हुदैन ।

उसको हर्ष,विस्मत,सुख,दुख,जीवन र मृत्युु पनि श्रम नै हो।श्रम नबेचि गुजारा चल्दैन ।हर दिन हर पहल यो वर्ग श्रममा व्यस्त हुन्छ।उसले श्रममा अवरोध हुने कुनै गति विधि सृजना गर्दैन ।सत्ताका मालिक सत्ता अर्थात शासक वर्ग जब लोभि पापी र भ्रष्टाचारी हुन्छ।उसको शासन र सत्ताका मालिक प्रति जनतामा अविश्वास पैदा हुन्छ।राज्यको नीति अलोकप्रिय हुन्छ।नितिमा संकट आउछ।शासन गर्ने शक्तिहरुमा जनताको घृणाताबढ्छ।जनताले शासकलाई प्रश्न गर्न र उसको हर्कतबाट सशंकित भई जनताले औला उठाउन थाल्छन।त्यस पछि शासक आफ्ना शासन सत्ता र वर्ग रक्षा अर्थात लुटेको स्वार्ग जोगाउन जति सुकै क्रुर र फासिष्ठ हुन पनि पछि हट्दैन।

जनताको आवाज दमन गर्न दमनका सम्पुर्ण औजार प्रयोग गरि शासक वर्गले समाजलाई एक जुट हुन दिदैन।उसले फुटाउ र राज गर को नीति लिन पुग्छ।कहिले धर्मको माध्यमबाट त कहिले जातको ,कहिले भाषाकोमाध्यमबाट त कहिले क्षेत्रको ,कहिले लिंगको माध्यमबाट त कहिले संस्कृतिको माध्यमबाट समाजमा वितण्डा मच्चाउने गर्छ।

जसले गर्दा एक साथ,एकस्वर राज्यको अन्याय अत्याचार हत्या हिंसा लुटपाट अपारदर्शी र अनियमितता माथि औला उठाउने मान्छे हुदैन ।शासक वर्गको,अन्याय , अत्याचार हात्य,हिंसा ,लुटपाट ,अनियमितता र श्रम शोषणको विरुद्ध सिमित मान्छेहरु एक जुट भई विरोध गर्ने आट गरेमा शासक वर्गले बन्दुक र बुटको माध्यमबाट दमन गर्छ।उसको शासन सत्तामाथि धावा बल्नेको निमिटान्या गर्न जस्तोसुकै कसरत गर्छ।त्यस दमनको प्रतिरोध जनताले गर्न खोजेमा आफ्नो सत्ता र वर्ग अस्तित्वको लागि पुरै समाजमा युद्ध थोपर्छन।

जसले गर्दा समाजमा संकट पैदा हुन्छ।युद्धकालमा सबैको ध्यान युद्ध तर्फ केन्द्रीकृत हुन्छ।कसैको ध्यान जनताको अवस्थातिर जादैन।जनजविकाको कोही कसैलाई मतलव हुदैनन् ।सरकारले जनताको ध्यान पुरै युद्धतिर केन्द्रीत गराई दिन्छ।देशमा सामाजिक, आर्थिक,राजनीतिक ,प्रशासनिक संकट र वैदेशिक हस्तक्षेप र जनताको दयनीय अवस्थाको कारक युद्ध देखाउदै शासक र सरकारवला निकाय आफ्नो जिम्मेवारीबाट भाग्दै आफ्नो लुट,भस्टचार,कमिसनको सपना देख्न थाल्छन।

युद्धको नाममा भ्रष्टाचार गर्न शासक वर्गलाई सजिलो हुन्छ ।अनियमितताको सिमा हुदैन।युद्ध आतंकको निहुमा वैदेशिक ऋण असिमित लिने र भ्रष्टाचार गर्न सजिलो हुने रआफ्नो शासनकाल सुरक्षि हुने हुदा शासक युद्ध चाहान्छ।।जनताको जीवनस्थर,राष्टियता र सर्वभौसत्ता प्रति कसैको चासो हुदैन।स्थानीय र राष्ट्रिय परियोजनाको विकासको बजेट पुरै युद्धमा खनाईन्छ।

युद्ध लाई देखाएर आर्थिक र भौतिक सहयोग ,अनुदान र वैदेशिक ऋण माग्ने र त्यसमा सबैले लुटको स्वर्ग देख्ने हुदा सरकार युद्ध चाहान्छ ।स्थानीय तहदेखि केन्द्र सरकारसम्माको भ्रष्टाचार ,अनियमितता ,अपारदर्शीता माथि कसैको ध्यान नजाने हुदा राज्य युद्ध चाहान्छ।सेनाका अफिसर देखि पुलिसका अफिसर,मन्त्री देखि कर्मचारी सम्म युद्धसामाग्री देखि सुराकी खर्चसम्ममा भ्रष्टाचार गर्न पाईने हुदा सत्ताका मालिक युद्ध चाहान्छ।

यहि मौकामाअन्तर्राष्ट्रिय सक्तिहरु सलवलाउन उचित वातावरण बन्छ।कसैले आर्थिक सहयोगको नाममा खनिज जलस्रोत लगायत कच्चापदार्थमाथि दब्दबा राख्छन,कोहि सैना साहेता मार्फत उपनिवेश त कोहि आफ्नो देशको उत्पातित बस्तुको लागि बजार बनाउने उद्देश्य पूरा गर्न शासकलाई शान्ति सुरक्षाको नाममा फासिष्ठ बनाउन उस्काउछन। राष्ट्रियपुजीवादी र अन्तर्राष्ट्रिय पुजीवादीहरुले आफ्नो मालको बजार खपत हुने हुदा शासकलाई युद्ध तर्फ धकेल्छन।

युद्धले गर्दा जुत्ताको,उद्योग, लत्ताकपडा,खाद्यान्नको उद्योग चल्नेछ,युद्ध समाग्रिको ठूलो व्यापार हुन्छ,युद्धले भौतिक संरचना ध्वंस हुनेहुदा निर्माण सामाग्रीको उद्योग चल्छ ठुला ठुला अस्पतालहरु र औषधिहरुको पनि राम्रै व्यापार हुनेछ।सरकारका संचार गृहहरुले राम्रो काम पाउने छन।खुल्ला बजारमा सबैको राम्रै प्रतिस्पर्धा हुनेछ।

त्यसैले सबैले मजदुर आन्दोलन माथि दमन गर्न शासक वर्गलाई उस्काउछन।जसबाट स्वदेशी उद्योग पतिहरुले मजदुरलाई दास बनाई कम ज्यालामा धेरै मुनाफा निकाल्न सक्छन र विदेशी राष्टहरुले सस्तो कामदार पाउँछन्। युद्धले थिलथिलिएका र आर्थिक संकटमा थलिएका देशका युवा शक्ति आफ्नो देशको बारेमा सोच्न त पराई जाहोस कष्टकर जिवनका कारण विदेसिना बाध्य हुन्छन।हामी प्रष्ट देख्न सक्छौ

आज सम्म शासक वर्गले आफै युद्धको शृजना गर्छ।फेरि दमनको नाममा युद्ध। दुनियाँमा कुनै देश छैन मजदुरले युद्धको शृजना गरेको किनकि मजदुरसंग लड्नको लागि बनिबाउ सेना,हतियार अर्थात युद्धसामाग्रीमाथि पहुँच छैन। वस मजदुर वर्गले मालिकको दासता,अन्याय,अत्याचार,दमन र अपमान सहन सकुनजेल सहन।जब अति भएसि धर्यताको बाध फुट्छ।अनि राज्यको युद्धको जबाफ वा प्रतिरोध हातमा जे छ त्यसले गर्नि मात्रा हो।जसको मानसिकतामा नै युद्ध छ।उसले त्यसमा लगानि र विकासको चाहाना राख्छ।निमुखा जनतामाथि सत्ताका मालिकले युद्ध थुपार्छन।

जसले गर्दा कोहि कसैले आफ्नो असक्षमता,कमजोरी,कुरुपता माथि प्रश्न नउठोस।त्यस्तै शक्तिशाली राष्ट्रहरुले पनि गरिब राष्ट्रहरुमा युद्घ थुपार्ने वा युद्धको लागि उस्काउने जसबाट आफ्नो रगझक चलोस।आफ्नो अधिनस्त बनोस।यस्ता सोच राखेर युद्ध पिपासु बन्छन।अभिजात बर्गहरु।तर युद्धको दोष मजदुरलाई दिने र शान्तिको ठेक्का आफ्नो जस्तो झुटै झुटको शिक्षा दिनेनीति अब छिट्टै च्यातिन्छ।

लेखक नेकपा (माओवादी ) का केन्द्रीय नेता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button