खेलकुद

चन्दन र रोहित फाइनलमा

काठमाडौं ।

चन्दन शाही र रोहित जानाला राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र÷छात्रा बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेका छन्।

छात्रको ४६ केजी तौलमा बाँकेका चन्दनले नक्सालका सक्षम लामालाई ५ः० अंकको आधारमा हराएर फाइनलको यात्रा तय गरेका हुन्। सोहि तौल समुहमा अछामका रोहितले दोस्रो राउण्डमा ५ः० अंकको आधारमा डीजीका रितेश महतोलाई पराजित गरे।

अन्य फाइनल पुग्ने क्रममा ४८ केजी तौलमा दाङका लोकेश पुनले भक्तपुरका भाष्कर खड्कालाई ४ः१ अंकको आधारमा पराजित गरे । सोहि तौल समुहमा अल्फाका कमल गुरुङले फाईटका वाङजुक्ला भोटेलाई ५ः० अंकको आधारमा पराजित गरे। ५० केजी तौलमा ललितपुरका स्वभाव थापाले सुनसरीका विधान श्रेष्ठलाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे। सोहि तौल समूहमा फाईटका छिरिङ्ग दोर्जे शेर्पाले बाँकेका नविन सिंहलाई आरएसीका आधारमा पराजित गरे।

यस्तै, ५२ केजी तौलमा भुमिका सरोज तामाङले एबीसीका मुस्कान राईलाई आरएसीका आधारमा पराजित गरे । सोहि तौलमा एचटूओका प्रज्ज्वल खत्रीले एलबीएका सुजन थापामगरलाई ५ः० अंकको आधारमा पराजित गरे ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button