सृजनाको चौतारी

विर्तामोडमा विज्ञको विचार र स्रष्टाको सृजना वाचन कार्यक्रम

झापा । क्षीतिज साहित्य प्रतिष्ठान, झापाको आयोजनामा विज्ञको विचार र स्रष्टको सिर्जना कार्यक्रम सम्पन्न भएको छ ।
सो प्रतिष्ठानका उपाध्यक्ष दुर्गा प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बेद बिद्यालय माईधामका अध्यक्ष स्वामी १००८भागवताचार्य, बिश्व हिन्दू परिषद, झापाका अध्यक्ष होमनाथ ढुङगेल, कन्काईधाम कोटिहोम बिकास समितिका अध्यक्ष शेर बहादुर थापाले हिन्दू धर्म माथि आज देशभित्र बिदेशी मिशिनरीहरुको ठाडो हस्तक्षेपले देशमा बढ़दो धर्मान्तरणलाई नियन्त्रण गर्न राज्यको भूमिका निराशाजनक देखिएको बताए ।
सो कार्यक्रममा साहित्यकार पुण्य प्रसाद खरेल, समालोचक डॉ पुण्य प्रसाद सिग्देल, स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश संयोजक देवेन्द्रकिशोर ढुङगाना, नाटककारब्दय माधव कल्पित, प्रेम खरेलले बर्तमान देशको बिग्रदो अबस्था प्रति सृजकहरुको चिन्तन र लेखन ब्दारा नागरिकहरुलाई झक्झकाउन आवश्यक रहेको बताए।


कार्यक्रमा स्रष्टाहरु राधा सुवेदी, देवेन्द्र किशोर ढुङगाना, टिका चापागाई, पवन ढुङगेल, खगेन्द्र खुशी, भीमा ख़ातिवड़ा, जय प्रसाद आचार्य, लक्ष्मी अच्यूत ढुङगाना, जमुना खरेल, सम्बृद्धि ढुङगेल,मिना अधिकारीले कविता वाचन गरेका थिए । कार्यक्रमको उदघोषण प्रतिष्ठानका सचिव डिल्लीं राम परदेशीले गरेका गरेका थिए भनेकार्यक्रममा सप्तक संगीत बिद्यालय बिर्तामोड़का संगीतका विध्यार्थीहरुले स्वागत गीतबाट प्रारम्भ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button