मूल खबर

मेचीनगर ६स्थित रमाईलो गाउँमा ओभर हेड टेंकी शिलान्यास

काँकरभिट्टा। काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकोसहलगानी अन्तरर्गत रमाईलो गाउँमा ओभर हेड टेंकीको शिलान्यास भएको छ ।सहलगानी कार्यक्रम अन्तरर्गत बुधबार मेचीनगर –६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास भएको हो ।रमाइलो गाउँमा यस अघि ओभरहेड टेंकी निर्माण गरिएको भएपनि टेंकी जीर्ण भएपछि समस्या आएको थियो ।

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले संस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेका कामको चर्चा गरे । उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button