
काँकरभिट्टा। झापाको मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि पूर्वाधार उपयोगका नाममा लगाएको सेवा शुल्क (पटके सवारी) कर शुल्कको असुली स्थगन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभइञ्जेलका लागि कर असुली कायै स्थगन गरिएको जनाएकाछन्।
अधिकारीले जारी गरेको सुचनामा नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी आवश्यक निर्णय लिइने उक्त सूचनामा उल्लेख गरिएको छ ।