खबरहेड लाइन

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भएको दावी गर्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई निर्मला पन्त हत्या घटना प्रत्यक्ष देखेको दावी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले आज नवराज अर्याललाई पक्राउ गरेको हो । उनले प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफूले घटना देखेको र घटनामा संलग्न तीनजनाको नाम भन्न सक्ने दावी गरेका थिए ।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि उनी हाजिर नभइ सम्पर्कबिहीन भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।२०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।हिमालय टाइम्स

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button