भिडियो चौतारीहेड लाइन

बैसाखी टेकेर बगान पुगेका मेयरले गरे यस्तो घोषणा ,बगान भित्र भेटियो सरकारी जग्गा

झापाको मेचीनगर नगरपालिका स्थित नकलबन्दा टि स्टेट भित्र दश बिघाह ,पाँच कठ्ठा सात धुर जग्गा सरकारी भएको बताईएको छ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले बिहिबार नकलबन्दा टि स्टेट (सरकारी जग्गा भएको स्थान)मा गएर बगान भित्र भेटिएको सरकारी जग्गाको संरक्षण मेचीनगर नगरपालिकाले गर्ने बताए । बैसाखी टेकेर बगान पुगेका मेयर बुढाथोकीले नियमानुसार अहिले भेटिएको जग्गामा विकासका कार्यहरु गर्ने समेत बताए । संक्षिप्तमा आयोजना गरिएको घोषणा जस्तै देखिने सो कार्यक्रममा नगरका उप प्रमुख मिना पोखरेल( उप्रेती) लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button