कला

केटी हराएको सूचना: पहाडी–मधेसी मेलमिलापको खोजी

काठमाडौं ।

आगामी माघ ११ गते रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनाको ५ मिनेट १६ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।

सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ। फिल्मको ट्रेलरले पहाडी–मधेसी मेलमिलापको खोजी गरेको देखाएको छ। ट्रेलरमा केही दिनअघि सार्वजनिक नयाँ गीत सपनीमाका फुटेजलाई पनि स्थान दिइएको छ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्मित फिल्म ३२ वर्षअघिको लोकप्रिय टेलिसिरियल उजेलीका निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।

नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेश शाहलगायतका कलाकारले अभिनय गरेको फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता, मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेश शाह सहायक निर्माता रहेका छन्।

दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेश शाहको सहायक लेखन तथा अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन रहेको फिल्ममा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेश शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी शंकर महर्जनको द्वन्द्व, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button