सृजनाको चौतारी

चाकडीको नविकरण

उ, हतारमा थियो
ताउरमाउर सहितको दपेडीमा थियो
हतारमै भन्यो —उहाँले समय दिनु भएको छ
आज अलि हतारमा छु ,भोली भेटौँ है
लखकाट्न भोली पर्खनै परेन मलाई
थाहा थियो उ—चाकडीको नविकरणका लागि गएको हो
उसले मालिकलाई भेट्नु उसको विवशता हो
किनकी दासहरुले मालिकलाई भगवान संझन्छन्
उनीहरुको मुखमा चाप्लुसी जडित मालिकका खातिर तयारी भजन हुन्छ
मालिकका सामु चाकडी नविकरण अनिवार्य हुन्छ
हरेक दिन चाप्लुसी दर्ता हुन्छ उनीहरुको
अनि ,आवाश्यकता अनुसार चाकडीको नविकरण
हस् हजुर उनीहरुको थेगो हुन्छ
मालिकको डकार पनि प्यारो हुन्छ
अस्ति जस्तै आज पनि उ हतारमा थियो
मलाई थाहा थियो उ फेरि
शरण परेर,चरणको स्पर्श गर्दै
चाकडीको नविकरण गर्न गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button