
ञ्चारग्राम
झापा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ,नागरिक अधिकार र लोकतन्त्रको पक्षमा आज सञ्चारग्राम घेराउ कार्यक्रम सम्पन्न भएको छ । संघको केन्द्रीय कार्यक्रम अनुसार आज दबाब स्वरुप सञ्चारग्राम घेराउ कार्यक्रम आयोजना गरिएको श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीले बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, लोकतन्त्र विरोधी, नागरिकको विचार अभिव्यक्ति स्वतन्त्रता विरोधी सामाजिक सञ्जाल र राजनीतिक भर्तिकेन्द्र बनाउने, सीमित संरचना र जनशक्तिमै काउन्सिललाई ईकाईमै सीमित गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता गरि पुनर्लेखनको मागसहित
काउन्सिललाई आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गर्न, श्रमजीवी(पत्रकारको पारिश्रमिक बृद्धि गर्न, सूचना विभागले पत्रकारको समग्र सुरक्षाका लागि काम गर्न र पत्रकार महासंघलाई नागरिक संस्था र पत्रकारको पेशागत श्रम सुरक्षाका रुपमा काम गर्न दबाबस्वरुप आज दिउसो सञ्चारग्राम घेराउ कार्यक्रममाको आयोजना गरिएको थियो ।
श्रमजिवी पत्रकार संघ नेपालको अगुवाईमा सम्पन्न सो कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैशी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । संघले यस अघि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,नागरिक अधिकार र लोकतन्त्रका पक्षमा देशव्यापी रुपमा दबाबमूलक कार्यक्रम गरेको थियो ।