खबरहेड लाइन

सरकारलाई राप्रपा सांसद सिंहको प्रश्न : यौन व्यवसाय चलाउने दिन आएकै हो ?

न्युज अफ नेपाल

काठमाडौँ।

राप्रपाका सांसद दिपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन राखेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको हिजो (आइतबार)को बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसाय सञ्चालन गरे आर्थिक र पर्यटक पनि बढ्ने बताएका थिए। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सरकारकै सांसदबाट यस्तो कुरा आएको भन्दै आक्रोश प्रकट गरेका हुन् ।

उनले देशका युवाहरू रोजगार तथा पढाइका लागि विदेशिएका बेला देशमा मात्र कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यो देश प्रकृतिको सुन्दर देश भएको बताए । उनले विश्वको जलस्रोतको धनी देश भएर पनि धेरै पैसा खर्च गर्ने पर्यटन भित्र्याउन यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु राम्रो नहुने जिकिर गरे । उनले यही दिनको लागि राजा फालिएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘देशका युवाहरू विदेशिएका छन् अब मात्र कलिला छोरी चेली र आमाहरू मात्र छन् । यो देश प्रकृतिको सुन्दर देश हो । विश्वको जलस्रोतको धनी देश हो । यो देश माता सीता र बुद्ध जन्मिएको भूमि हो । यही दिनको लागि राजा फालिएको हो ?’

यस्तै सांसद सिंहले मर्यादाहीन तरिकाले पेस भएको भन्दै रेकर्डबाट हटाएर सांसद पन्तलाई सचेत गराउन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button