
धुलाबारी— नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकद संघ झापाको पहिलो अधिवेशनले पुनः मनोज सुब्बा ( गौरव)को नेतृत्वमा चयन भएको छ। आइतबार झापाको धुलाबारी स्थित होटल छाहारीको सभाहलमा सम्पन्न अधिवेशनले सुब्बालाई सर्व सम्मत अध्यक्ष चयन गरेको हो । सुब्बा संस्थापक अध्यक्ष समेत हुन्। समितिमा उपाध्यक्ष , सचिव, कोषाध्यक्ष सहित २५ सदस्य कार्य समिति रहेको छ ।
कार्यक्रम नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यता भएको थियो । प्रमुख अतिथि थेवेले झापाका १५ वटै तहमा समिति निर्माण गरेर खेलकदको माध्यमबाट चलाएमान बनाउँनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरू, केन्द्रीय प्रतिनिधि रन्जन थापा, झापा लिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भणडारी लगाएतले शभकामना राखेका थिए । २०७१ सालमा गठन भएको संघले यो अवधिमा विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको सब्बाले बताए । संघका जिल्ला उपाध्यक्ष रविन बस्नेतको स्वागत र सचिव युवराज खड्काको सञ्चालन रहेको थियो । समितिको ३ वर्षे कार्याकाल रहने छ ।