हाम्रो बारेमा
चौतारी पोष्ट अनलाइन नेपालमा प्रचलित कानून अनुसार सम्बन्धि सरोकारवाला सरकारी कार्यालयमा सबै प्रकृया पुरा गरेर संचालन भएको एक अनलाइन न्यूज पोर्टल हो । आमसञ्चार माध्यामको मूल्य र मान्यतालाई आत्मसात गरेर पत्रकारिताको मर्मलाई शिरोधार्य गर्दै सत्य, तथ्य र निश्पक्ष समाचार सम्प्रेषण गर्नुनै हाम्रो एक मात्र अभिष्ट रहेको छ ।
राष्ट्र , राष्ट्रियता, मानव अधिकार,जनजिविका, नागरिक अधिकार,लोकतन्त्र, न्याय समानता र स्वतन्त्रताको पक्षमा हामी हाम्रो अनलाइन न्यूज पोर्टलको भरपुर उपयोग गर्ने कुरामा कुनै सन्देह छैन । हाम्रो सञ्चार वकालतले सकारात्मक सोचको विकास र समुन्नत समाजको निमार्णमा थोरै भएपनि भूभिका खेल्न सक्छ भन्ने हाम्रो ठहर हो । निश्पक्ष समाचार र विचार स्वतन्त्रताको पक्षलाई हामी कहिल्यै नजरअन्दाज गर्ने छैनौँ । अधिकारको कुरा गर्दा कर्तब्यको स्मरणमा हामी सचेत छौँ । आवाज विहिनहरुका आवाजलाई बुलन्द पार्नु पनि हाम्रो न्यूज पोर्टलको उद्देश्य हो । सारमा हामी राष्ट्र , राष्ट्रियता, शान्ति ,समृद्दि , मानव अधिकार , लोकतन्त्र , जनअधिकार र जनजिविकाका सवालको पक्षमा रहेर संञ्चार वकालत गरीरहेनेछौँ ।