‘समाचार र विचारको
साझा चौतारी’





समाज भित्रका कथा

स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य

स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य

Posted in समाज भित्रका कथा, स्वास्थ्य
काठमाडौं,बैशाख २६, २०७८ कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् । अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर बन्जाडेले गुनासो गरे । सुरक्षाका दृष्टिकोणले भने एक पटक लगाएको पीपीई र मास्क अर्को पटक लगाउन मिल्दैन । तर, अभाव भएकाले जोखिम लिएर लगाउनुपरेको बन्जाडेको भनाइ छ । त्यति मात्र होइन, जिल्लामा ग्लोब्स, फेस सिल्ड र सेनिटाइजरको पनि अभाव छ । १२ घण्टाको एक सिफ्टमा पीसीआर ल्याबमा ४, कोभिड अस्पतालमा १०, इमर्जेन्सीमा १०, आ
आफैं बिरामी भएर पनि संक्रमितको उपचार गर्दै यी चिकित्सक

आफैं बिरामी भएर पनि संक्रमितको उपचार गर्दै यी चिकित्सक

Posted in समाज भित्रका कथा, स्वास्थ्य
काठमाडौं, बैशाख २०, २०७८ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५र६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्। ‘मलाई ५/६ दिनदेखि त्यति सञ्चो छैन, हिजो शनिबार त झन् धेरै गाह्रो भयो,’ उनले नागरिकसँग भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा। बर्माले सुनाए। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर
कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी

कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी

Posted in समाज भित्रका कथा
काठमाडौं, बैशाख १२, २०७८ एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो । उहाँहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य काकाको मृत्यु भएपछि परिवार शोकमग्न भएको छ । वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दीर्घरोग र अन्य कुनै रोगको समस्या थिएन । स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली
दिवा खाजा पकाउँदै आएका दलित हटाइए

दिवा खाजा पकाउँदै आएका दलित हटाइए

Posted in खबर, समाज भित्रका कथा
सांकेतिक तस्विर काठमाडौं,चैत २९, २०७७ विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएकोछ । बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो । हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गै र दलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए । “मलाई दिवा खाजा पकाउने कामबाट हटाएर अहिले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी दिइएको छ”, परिचर तेजराम सार्कीले भन्नुभयो , “मेरो ठाउँमा एक जना चन्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी
जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

Posted in समाज भित्रका कथा
काठमाडौं, चैत २८, २०७७ जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको तीन महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । कट्टी गाउँका १२५ घरधुरीमध्ये साहुबाट लिएको ऋण तिर्न नसक्दा सो गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी भारतमा विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको जग्गालाई साहुकै नाममा नामसारी गरेर उनीहरू परिवारसहित भारततर्फ गएका छन् । उनीहरूसँगै गाउँको जनज्योति आधारभूत विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत बालबालिकासमेत विद्यालयको पढाइ छोडेर अभिभावकसँगै भारत जानुपरेको दलित अधिकारकर्म
चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

Posted in समाज भित्रका कथा
चैत २८, २०७७ हुम्ला । हिमालपारिको गाउँ लिमीबाट चार दिन पैदल हिँडेर योजनाको सम्झौता गर्न स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आइपुगेका छन् । प्रदेश र सङ्घीय सरकार मातहतका कार्यक्रम सदरमुकाम सिमकोटमै भएको कारण न्यालु लेकको हिउँ छिचोल्दै उनीहरू सदरमुकाम सिमकोट आइपुगेका हुन् । नाम्खा गाउँपालिका–६, हल्जीगाउँमा तटबन्धन बनाउने योजनाको डिभिजन वन कार्यालयसँग सम्झौता गर्न सिमकोट आइपुगेको निर्माण उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले बताए । गाउँमा गठन गरिएको उपभोक्ता समितिले सो कार्यालयसँग सम्झौता गरेको उनले जानकारी दिए । लिमीका बासिन्दाले विकास निर्माणका काम गर्न चार दिन पैदलै हिँडेर सम्झौताका लागि सदरमुकाम सिमकोट धाउनैपर्ने बाध्यता रहेको छ । चार दिन हिँडेर सिमकोट आइपुगेको र योजनाको सम्झौता भएकाले अब गाउँ फर्केर निर्माण कार्य सुरु गरिने तामाङले उल्लेख गरे । त्यसैगरी वडा कार्यालय भवन र स्टोर
बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले बालिकाकाे हत्या

बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले बालिकाकाे हत्या

Posted in समाज भित्रका कथा
काठमाडौं, चैत २७, २०७७ मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो। त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन् । उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए । शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सि
वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !

वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !

Posted in समाज भित्रका कथा
काठमाडौं ,चैत २१, २०७७ पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्। श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ। अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा पठ
तलाक माग्दा एसिड

तलाक माग्दा एसिड

Posted in समाज भित्रका कथा
सांकेतिक तस्विर काठमाडौं, चैत २०, २०७७ श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे। एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो। उनलाई अहिले असह्य पीडा छ। औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ। तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन्। तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन।
कहाँ हराउँछन् बालबालिका ?

कहाँ हराउँछन् बालबालिका ?

Posted in समाज भित्रका कथा
काठमाडौं, चैत ६, २०७७ काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए। २ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए। हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन। परिषद्अन्तर्गतको बालबालिका खोसतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गरेको पाइएको बताए। आर्थिक अवस्था, घरायसीलगायत कारणले बालबालिका घर छाडेर हिँडेपछि हराएका घटना धेरै भेटिएको अधिकारीको भनाइ छ। अधिकारीका अनुसार सन्ता