‘समाचार र विचारको
साझा चौतारी’





सम्पादकीय

हामी आफै सजग बनौँ

हामी आफै सजग बनौँ

Posted in सम्पादकीय
यस अघिकै कोरोना लहरले थाङ्थिलो बनेको दुनियाँ फेरि दोस्रो लहरको रुपमा आक्रामक रुपमा आएको कोरोना संक्रमणको भयावह लहरले एक प्रकारको त्रासमा चलेको छ । कोरोनाको पहिलो खेपले नै चौतर्फी रुपमा असर पारेको विश्वलाई झन् तिव्र रुपमा आएको यो दोस्रो कहरले यसै पनि त्रसित पार्ने नै भयो । छिमेकी मुलुक भारत अहिले दोस्रो चरणमा आएको कोरोनाको शिकार जस्तै भएको छ । भारत जस्तो विश्व शक्ति राष्ट्रको यात्रामा यात्रारत देशले आज कोरोना संक्रमणलाई धान्न धौधौ परेको छ । विश्वब्यापी रुपमा बढ्दो कोेरोना संक्रमणको यो भयावह अवस्थाबाट बच्नका लागि हाम्रो जस्तो भर्खरै विकासको कछुवा गतिमा हिड्ने गरेका देशलाई त झन् धेरै नै समस्याले गाँजेको छ । विगतमा भन्दा अहिले हाम्रो देशमा कोरोना संक्रमणको दर बढ्दो मात्रमा छ । सामान्य विमारी पर्दा स्वास्थ्य उपचार गर्न असमर्थ आम नेपालीका लागि कोरोना महा भयकै रुपमा देखिएको छ । तर, समस्या आयो भन
नयाँ सोच, नयाँ चिन्तन अनि नयाँ वर्ष २०७८

नयाँ सोच, नयाँ चिन्तन अनि नयाँ वर्ष २०७८

Posted in सम्पादकीय
हरेक आगतमा विगत पनि कतै न कतै रहेको हुन्छ । विगत विनाको आगत हुदैन अनि हरेक विगतले आगतलाई आलो र ताजा राख्ने गर्छ । हामी २०७७ साललाई विदा गरेर २०७८ सालमा यात्राको तयारीमा छौँ । हिजो अर्थात २०७७ सालमा भएका हरेक असल कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै हिजोका कमि कमजोरीबाट पाठ सिक्दै फेरि नविन र राम्रो गर्नेतर्फ बढ्न हामी सबैलाई नयाँ वर्षले उर्जा प्रदान गर्न सकोस। हिजोबाट नै आज हुने हो । नयाँ वर्षले हामीलाई सत्कर्म र सत्पथमा हिड्न अझ धेरै हौसला र प्रेरणा प्रदान गरोस । म होइन हामी भन्ने मानवीय भावबाट जिवन जिउँन हामीलाई अन्तरमनबाट दया र करुणाको मुहानको प्रस्फुटन हुन सकोस । हिजोका कमजोरीलाई पश्चतापको रुपमा होइन गतिलो शिक्षा र पाठको रुपमा हामीले नयाँ वर्षमा चिन्तन र मनन गर्न सकौँ । कोरोना कहरले दुनियाँ थाङ्थिलो बनेको वर्तमानको अट्टास लाग्दो विश्व परिवेशबाट अति शिघ्र हामी मुक्त बन्न सकौँ । वर्त
सचेत बनौँ

सचेत बनौँ

Posted in सम्पादकीय
कोरोनाको दोस्रो लहरले अहिले फेरि दुनियाँलाई आक्रान्त पारेको छ । केही मथ्तर जस्तो देखिएको कोरोना भाइरस अहिले आक्रामक रुपमा बढेको देखिन्छ । छिमेकी देश भारतमा मात्रै दैनिक हजारौँको संख्यामा कोरोना पोजेटिभ देखिन थालेको छ भने अन्य देशमा पनि यसले आफ्नो लहरलाई तिव्र पारेको दैनिक तथ्याङ्कबाट स्पष्ट देखिन्छ । पछिल्लो समयमा कोरोना बिरुद्दको खोप आएता पनि यसको तिव्र फैलावटले खोप मात्रै नियन्त्रण उपाय मान्न सकिदैन यसर्थ फेरि एक पटक हामीले सचेततापूवर्क स्वास्थ्य सावधानी अपनाउनु अत्यावश्यक भएको छ । यस अघि जसरी हामीले कोरोना भाईरसबाट बच्नका लागि भौतिक दुरि, माक्सको प्रयोग, सावन पानीले हात धुने लगायतका उपायलाई लिएका थियौँ पुन अझ सजकताका साथ यसको पालनामा जोड दिनु पर्ने भएको छ । केही होइन र केही पनि हुदैन भनेर ढुक्क मान्नाले भोलीका दिनमा विकराल समस्या नआउला भन्न सकिदैन । खास गरेर सार्वजनिक स्थल, भिडभाड धेर

खाँचो क्रान्तिकारी पार्टी एकताको

Posted in सम्पादकीय
- सम्पादकीय नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुको एकता अनिवार्य रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले बताउँदै आउनु भएको छ । उहाँले अहिलेको परिस्थितिमा ती सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताको सूत्रमा बाँध्ने दायित्व आफ्नो र आफ्नो पार्टीको भएको पनि बताउने गर्नुभएको छ । डिसेम्बर ११ अर्थात् माओ दिवसका दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि महासचिव किरणले उक्त कुरा दोहो¥याउनु भएको थियो । सो अवसरमा उहाँले केही राजनीतिक पार्टीहरुसँग क्रान्तिकारी संयुक्त मोर्चा र पार्टी एकताका लागि पहल भइरहेको पनि खुलासा गर्नुभएको थियो । त्यसको केही दिनमै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीच संघीय जनगणतन्त्र

निकम्मा ओली सरकार !

Posted in सम्पादकीय
सम्पादकीय २०७७ कार्तिक ४ पछिल्लो सात महिनादेखि नेपाली जनता रोग, भोक र महामारीसँग एकसाथ लडिरहेका छन् । करिब ६ महिनाको लकडाउन, बढ्दो संक्रमण र राज्यको चरम लापरवाही र बेवास्ताका कारण जनजीवन निकै पीडादायी, आक्रान्त र अस्तव्यस्त बन्न पुगेको छ । यो पीडादायी अवस्थामा जनतामाथि ओली सरकारले राहत होइन एकपछि अर्को आहत दियो । चरम समस्यामा परेका श्रमिक जनता, जसले खाइपाई आएको रोजगारी गुमाए, पेशा व्यवसाय गुमाए, कतिले रोग र भोकको पीडा खप्न नसकेर आत्महत्या गरे, ती जनतामाथि राज्यले कुनै अभिभावकत्व देखाएन, उपस्थिति देखाएन । बरु सरकारले कालाबजारी, तस्करी, कार्टेल, सिन्डिकेटबाजीसँग मिलेर कमिसन खायो अनि कृत्रिम अभाव र चरम मूल्यवृद्धि थुपा¥यो र जनसर्वसाधारणको कठिन र अभावग्रस्त दैनिकीलाई अझ कस्टकर बनायो । आफूलाई कम्युनिस्ट भन्दै कम्युनिस्टकै बदनाम गरेको ओली सरकारले नवउदारवादी सिद्धान्तलाई सिरानी हालेर समाजवा
खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

खाली पेटमा लाठी र अघाएकाको शिरमा फूलको वर्षा

Posted in सम्पादकीय
असोज ३ गते खुलामञ्चमा वर्तमान राज्यसत्ता र सरकारको चरित्र छर्लङ्ग देखाउने दुईवटा दृश्य देखिए : सहिद मञ्चतिर खाली पेटमा रित्तो थाल लिएका कयौँ मानिस एक छाक खानाका लागि कुरिरहेका थिए । त्यहीँ सँगै अर्कोतिर सैनिक मञ्चपट्टि केही केपी वली, पुष्पकमल दाहाल र विद्या भण्डारीहरू आफूमाथि पुष्पवर्षा गराइरहेका थिए र ती भोको पेटमा रित्ता थाल थापेर खाना पर्खिरहेका मानिसलाई लाठी र बुट दागेर लखेटिरहेका थिए । हो, यो आजको नेपालको दृश्य हो । काठमाडौँको सिंहदरबारनजिकैको यस्तो दृश्य देशका सबै ठाउँमा देखिइरहेको छ । वली, दाहाल र भण्डारी अर्थात् शासक वर्गका मानिसहरू राज्यकोष खर्चेर आफ्ना टाउकामा पुष्पवृष्टि गराइरहेका छन् । भ्रष्टाचार, कमिसन, लूट, महँगी र तस्करीमा रमाइरहेका छन् भने अर्कातिर श्रमिक नेपाली जनता रोग, भोक र शोकले छट्पटाइरहेका छन् र टाउकामा लाठी थापिरहेका छन् । मलाई भोक लाग्यो भनेर कसैले भन्नु हुँदैन, खा

किन विवादको चक्करमा घुमिरहन्छ मेचीनगरपालिका ?

Posted in सम्पादकीय
सम्पादकीय झापाको मेचीनगर नगरपालिका विकासको नामले भन्दा पनि विवादको नामले परिचित नगरपालिका बन्न पुगेको देखिन्छ । कहिले मकै विवाद, कहिले संकलन गरिएका ढुङ्गा, कहिले नदी जन्य वस्तुको दोहन र ढुङ्गा , कहिले निजि विध्यालयको प्रसङ्ग, कहिले नगर सभाको विषय अनि कहिले कर्मचारीको तलव भत्ताका विषयलाई लिएर । जनप्रतिनिधिहरुको झण्डै तिन वर्षेकार्यकालको समयमा भन्नु पर्दा दिर्घकालिन ठोस योजनाको विकास निमार्ण र आम नागरिकले सरोकार राख्ने विषयको प्रसङ्गसँग जोडिने विकासको काम भएन भन्दा कसैप्रति कुनै आक्षेप होला जस्तो लाग्दैन । नियमित रुपमा हुने सामान्य विकास निमार्णका कामका अलवा सिङ्गो नगर क्षेत्र र आम नागरिकले यो चाही भयो है भन्ने ठोस योजनासहितको अहिले सम्म पनि कुनै कार्यक्रम मेचीनगरपालिकाले ल्याउन सकेको देखिदैन । यसको अर्थ यो होइन कि मेचीनगरपालिकाले केही गर्दै गरेन भन्ने होइन तर जुन सकारात्मक हिसावका जनपक्
सिन्जो अबे र केपी ओली

सिन्जो अबे र केपी ओली

Posted in सम्पादकीय
- सम्पादकीय जापान एउटा पुँजीवादी मुलुक हो । र, सिन्जो अबे त्यो देशका प्रधानमन्त्री । उनले स्वास्थ्य अवस्थाका कारण कोरोना महामारीमा देश जनताप्रतिको आफ्नो कर्तव्य पुरा गर्न नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिए । र, जनतासँग माफी पनि मागे । उने भने, “भलै मेरो कार्यकालको एक वर्ष अझैं बाँकी रहेपनि मैले मेरो स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छु । मैले आफ्नो कर्तव्य पुरा गर्न नसकेकोमा माफी चाहन्छु ।“ गएको शुक्रबार टोकियोमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अबेले यस्तो भनेका थिए । सन् २०१२ देखि लगातार प्रधानमन्त्री रहेका अबेले जापानको इतिहासमै सबभन्दा बढी समय लगातार सरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसअघि पनि सरकारको नेतृत्व गरेका अबेले स्वास्थ्यकै कारण सन् २००७ मा एक वर्षमै पद छाडेका थिए । जापानमा आएको प्राकृतिक व

परम्परावादी संस्कारको सकिँदो आयु

Posted in सम्पादकीय
जबजब समाजमा परम्परावादी संस्कार, संस्कृति र चाडपर्वहरू आउन थाल्छन्, तिनले समाजमा आतङ्क मच्चाएर ढलिमली गर्न थाल्छन् । विभेद, रूढि, अस्वस्थ प्रतिस्पर्धा र अमानवीयताका दृश्यहरू मुटु छुने गरी देखापर्न थाल्छन् । क्रूरता र पाशविकता छताछुल्ल पोखिन थाल्छ । हुनेखानेले, धनाढ्य र पुँजीपतिले, सामन्ती मैमत्तपनले र नवधनाढ्य पुँजीपति वर्गले ढलिमली गर्न थाल्छ । श्रमिक वर्गमाथि देखीदेखी शासन गर्न थाल्छ र मडारिन, टक्कराउन थाल्छन् सामाजिक–सांस्कृतिक विभेद र असमानताहरू । दिनभर काम गरेर साँझ हातमुख जोर्न विवश श्रमिक वर्ग, देशमा श्रम नबिकेर पराई देशमा पाखुरा बजार्न पुगेको श्रमजीवी वर्गको घरमा नियमित चुलो बल्ने अवस्था हुँदैन, प्रदर्शन हुन थाल्छन् हुनेखानेहरूका लाख–लाखका गहना र पोसाक ! धर्म त केवल बहाना न हो, प्रदर्शन गर्नु छ, इख्याउनुछ, प्रतिस्पर्धामा उतारेर नङ्ग्याउनु छ र खोक्रो–हरिकङ्गाल बनाइदिएर समाजबाटै लखेट
लकडाउनको औचित्य के ?

लकडाउनको औचित्य के ?

Posted in सम्पादकीय
सम्पादकीय झापाको मेचीनगर नगरपालिकाले सात दिनका लागि भनेर बिहिबारबाट लकडाउन जारी गरेको छ । समुदायमा फैलदो कोरोना संक्रमणको अवस्थालाई गंभीरतापूवर्क लिएर गरिएको लकडाउनलाई अन्यथा मान्न सकिदैन । तर, लकडाउन पूर्वको तयारी र लकडाउन पछिको कार्यक्रम के भन्ने विषयमा भने स्वयम् लकडाउन जारी गर्नेहरुनै अन्यौलमा त छैनन् भन्ने प्रश्न पनि आएको छ । समुदायमा कोरोना संक्रमण फैलिएकोले लकडाउन गरिएको भन्ने मात्र तर्क पेश गर्ने हो भने यो लकडाउनलाई आम नागरिकले कसरी बुझ्ने ? के लकडाउन गर्दा कोरोना हट्छ वा आम नागरिक आफसेआफ सुरक्षित बन्छन् त? पक्कै पनि यो चित्त बुझ्दो जवाफ हुदैन । सात दिनका लागि भनेर गरिएको लकडाउनको अवधिमा मेचीनगर नगरपालिकाले समुदायमा फैलदो संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कस्तो दु्रत कार्यक्रम संचालनमा ल्याएको छ र ल्याईरहेको छ यस विषयमा पनि नागरिकलाई जानकारी हुनुपर्ने हो । सा