‘समाचार र विचारको
साझा चौतारी’





सृजनाको चौतारी

केचनाका कुसुमहरू

केचनाका कुसुमहरू

Posted in सृजनाको चौतारी
इतिहासमा, नक्सामा, कितावमा र, मेरा कविताका हरफहरूमा प्रिय केचना तिमी होचिएर पनि अग्लिएका छौ यसैमा मलाई गर्व छ। उत्पतिसँगै आयौ बन्यौ बिशिस्ट धरोहर होचो भू(भागको नामले परिचित भएर पनि सगरमाथा जस्तै उहिल्यै महाभारतका कथाका अध्यायहरूमा किचक बधको मिथकीय गाथा गाउँदै कहिल्यै नझुक्ने स्वभिमान बोकेर उभियौ र, बन्यौ कहिल्यै नडग्ने धरोहर१ बैरीलाई परास्त गर्ने अदम्य सहास बोकेर उभिएको दरबारको नाट्यशालामा हेर्न पाए हुन्थ्यो किचक बधको नाटक देवनीया नदिको सांस्कारीक अविरलतासगै शिव र सति जस्तै उभ्याउन पाए हुन्थ्यो पानीको सतहमा सैरन्धीको प्रतिछाया अलिकति पोको पारेर केचनाको हावा लगाएर केचनाको माटाको तिलक अचाएर मेचीको पानी संझदै बलशाली भीमको बहादुरी जित्तन पाए हुन्थ्यो अर्को महाभारत र, बनाउन पाए हुन्थ्यो केचनामा एउटा इन्द्रप्रस्त खोस्रेर केचनाको छाति फुलाउन पाए हुन्थ्
रुन्छ मन हरपल सधैनै

रुन्छ मन हरपल सधैनै

Posted in सृजनाको चौतारी
१ रुन्छ यो मन हरपल दिन दिनै, देखि दुस्खको क्षण। आयो पापी रोग बतास बनि बनि,बल्झि बिगतको पन।। चीत्कार भयो नभमा कति कति ,हार्यो प्रकृती सब। ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब।। २ प्यारो देश यो नेपाल जग पनि, शान्ति भुमी नै तहाँ। यहि स्वर्गपुरीमा यो काल कोरोना,मुखवाई आयो यहाँ।। कुन दुष्ट खनियो लौ ज्यान लिन यो,बालक बबुरा सब। ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब। ३ कालकुट बिषनै सरी घरि घरि,फैलाउँदै फडाँ पनि। डस्दै लौ प्राण घोट्दै सबकति, निमोठदै आत्मा अनि।। हे१ ईश्वर क्रन्दन बुझ अब लौ ,मानव जतीको सब। ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब।। रुन्छ यो मन हरपल सधैनै ।  
हाँसेकि प्रकृती

हाँसेकि प्रकृती

Posted in सृजनाको चौतारी
थियो कार्यस्थल , हाँसेकि प्रकृती बेहुलि बनेझै त्यहाँ। गाउँ जोगमाई , भनिने खुलेकि जननी अडिक नै जहाँ।। चड्दै म उकाली,बसन्त एक्काईस धाएथे त्यो ठाँउ महाँ। सर्बदा मनमा ,केहि दिन्छु भनि पुग्थे दुर्गा भवानि जहाँ।। कट्वाल र ढकाल, पौडेल मआफु, खड्का थरका सर। काम गरिउँ मिलि , पहाड ती चुली, इलाम जिल्लाभर ।। रमाइला गाउँले, हेर्दै ठाँउ जहिले पढाउँथे म दिनभर। चार घन्टा दिनमा, नाबालक घरमा फिर्थे गलेरै घर ।। मजबुरी कती थियोे , त्योबेला जोमेरो बर्णन कसोनै गरी। भए म सरुवा बिदाइ ,शुन्य भै सम्झेला बिध्वान कोई घरी। सन्तुष्टि जो मेरो, बिधार्थी हसिँला भए धेर बिधान सरी।। बर्षन्थे असिना , भिजेर शरीरमा स्मरण् सदा ती झरी।। लेख्थे म कविता , जो बेला पनि झन भर्दै ती डायरी महाँ। पुग्नु छ त्यहि ठाँउ , सम्झेर एक दिन भुल्दै बिगत ति जहाँ। थुम्के त्यो वनको, घुमाउरो पनको चियाबारी बिच छ तहाँ। बाङ्गिन
बलात्कारीको आरोपपछि कार्ल मार्क्सको वयान !

बलात्कारीको आरोपपछि कार्ल मार्क्सको वयान !

Posted in सृजनाको चौतारी
कविता २०७८ बैशाख ४ - बलराम तिमल्सिना समयको क्रुर कठघरामा मृत्युपछि पनि पटक पटक कोही उभिएको छ भने सायद त्यो म नै हुँला है लेखिका जी ? कैले मलाई जँड्याहा भनियो मैले जाँड खाएको हुँ भन्न आएँ मैले घुष खाइँन कमिशन खाइँन मजदूरको एक थोपो पसिना खाइँन सरकारी जागिर खाइँन भात र रोटी त मैले कैले खाएँ कैले खाइँन हो कैलेकाहीं जाँड खाएको हुँ जाँड खाएर मातेको पनि हुँ ! कैले मलाई जुवाडे भनियो कौडा कस्तो हुन्छ कैलै देखिन मैले हो, भोक तिर्खै बसेर छोरा छोरीलाई भोकै मर्न दिएर श्रमजीवीहरूका लागि बिचारको हँतियार बनाउन बसें र एउटा सिङ्गै जीवन जुवा खेलिदिएँ ! मलाई आवारा पनि भनियो एकथरीको आँखामा म आवारा पनि थिएँ म भँडुवा पनि थिएँ फ्रेडरिकसँग मिलेर हामीले नै भनिदिएको हो ‘संसारका मजदूरहरू एक होऊँ !’ मेरा बर्ग बैरीहरूले पनि भन्न नसकेको कुरा यो पटक तिमीले भनिदियौ मार्क्स बलात्कारी थि
शुभकामना सबै मनहरुलाई

शुभकामना सबै मनहरुलाई

Posted in सृजनाको चौतारी
कविता जानाजान मनसँग मन तोड्नेहरुलाई अन्जानमै मनसँग मन जोड्नेहरुलाई शकुनीको पासोसँगै स्नेहको कालो जाल ओछ्याउनेहरुलाई शुभकामना, ममताको सागरमा नि स्वार्थको यात्रामा पलपल साथ दिनेहरुलाई साथको नाटकमा मस्त निद्रामै घात गर्नेहरुलाई आफुले पिडा पिएर अरुलाई हाँसो दिनेहरुलाई ओठले प्रार्थना गरेझै गरेर मनले धारेहात लाउनेहरुलाई शुभकामना, आफ्ना भागमा ब्यथा राखेर अरुलाई उल्लास दिनेहरुलाई कुटिल ओठको हाँसोले मुटुमा आगो झोस्नेहरुलाई आफ्ना भागमा चोटहरु पारेर अरुलाई खुशी बाँड्नेहरुलाई अमृतको लेपन लगाएर विष पिलाउनेहरुलाई शुभकामना, आँशु जति आफुलाई राखेर उत्सव अरुलाई दिनेहरुलाई शुभकामना सबैलाई, सबैलाई अनि सबैलाई रोएका मन र मुटुहरुलाई हाँसेका मन र मुटुहरुलाई मनले मनलाई नै जलाउनेहरुलाई मनले मनलाई नै सजाउनेहरुलाई अनि सबै सबै मनहरुलाई सबै सबै मुटुहरुलाई