‘समाचार र विचारको
साझा चौतारी’





कला

क्यान्सरका कारण महेशको घट्यो ३५ किलो तौल

क्यान्सरका कारण महेशको घट्यो ३५ किलो तौल

Posted in कला
एजेन्सी, मुम्बई, 2021/10/26 महेश मान्जरेकर मराठी फिल्मका नामी निर्देशक हुन् । कलाकार समेत रहेका उनले दर्जनौं मराठी फिल्मको निर्देशन गरिसकेका छन् । उनले लामो समयपछि सलमान खानलाई लिएर बलिउड फिल्म ‘अन्तिम’ बनाएका छन् । सोमवार फिल्मको ट्रेलर रिलिज भयो। उनका लागि यो फिल्मको छायांकन सक्नु कम चुनौतीपूर्ण थिएन । किनकि, त्यसबेला उनी क्यान्सरसँग जुधिरहेका थिए । क्यान्सरका कारण उनको ३५ किलो तौल घटेको छ । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘फिल्म ‘अन्तिम’ को छायांकनको अन्तिम सेड्युलको समयमा मलाई क्यान्सर पुष्टि भएको थियो । आज म क्यान्सर मुक्त छु । छायांकनको समयमा मेरो किमोथेरेपी भएको थियो । तर, त्यसले मलाई इफेक्ट गरेन । पछि सर्जरी गरियो । मलाई कामप्रति प्यासन थियो जसले मलाई मजबूत राख्यो ।’ ट्रेलर सार्वजनिक कार्यक्रममा सलमान खानले आफूलाई महेशले क्यान्सर भएको कुरा फिल्मको छायांकन सक्नुभन्दा अगाड
‘चुरिफुरी’को रिलीज मिति घोषणा

‘चुरिफुरी’को रिलीज मिति घोषणा

Posted in कला
शिव पुन, दाङ, 2021/10/19 फिल्म ‘चुरिफुरी’ ले रिलीज मिति घोषणा गरेको छ । यो फिल्म आउँदो पौष ९ गते देखि प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक ऋषिराज आचार्यले फिल्मको रिलिज डेट घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन औषधिको काम फिल्म ‘चुरिफुरी’ले गर्ने दावी गरे । साथै निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत बताए । आचार्यले चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि फिल्म प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्ने जसले गर्दा करोडौंको लगानी गरेका फिल्म मेकरहरु पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण शृजना हुने बताए । स
सन्थाल नृत्यमा राजगढ टोली प्रथम

सन्थाल नृत्यमा राजगढ टोली प्रथम

Posted in कला
बिर्तामोड , असोज ३०। झापाको गरामनी मेलामा आयोजित सन्थाल नृत्य प्रतियोगितामा बाह्रदशीको राजगढ टोली प्रथम भएको छ । प्रतियोगितामा सहभागी ७ वटा टोलीलाई उछिनेर राजगढले १० हजार नगद पुरस्कार जितेको हो । त्यस्तै कचनकवल ६ बनियानीको टोली द्वितीय भएको छ । उसले नगद ८ हजार जितेको छ भने तृतीय स्थान हासिल गरेको कचनकवल ५ ले नगद ६ हजार पुरस्कार पाएको छ । त्यस्तै पाथीभरा नृत्य समूह हल्दिबारीले सान्त्वनास्वरुप ४ हजार र बिर्तामोड ७ को टोलीले नगद २ हजार पाएको छ । विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गरामनी बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर भट्टराईले पुरस्कार वितरण गरेका थिए । सन्थाल समुदायका अग्रज बुधराई किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जितलाल राजवंशी , धुनु सोरेनलगायतले शुभकामना मन्तब्य राखेका थिए ।कृष्णबहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वाग
विश्वकै सबैभन्दा होचा बडिबिल्डर भारतमा

विश्वकै सबैभन्दा होचा बडिबिल्डर भारतमा

Posted in कला
२५ आश्विन २०७८ newsofnepal नयाँदिल्ली,(एजेन्सी) । केवल ३ फिट ४ इन्च उचाइका एक भारतीय खेलाडीलाई गिनिज वल्र्ड रकेर्डसले विश्वकै सबैभन्दा होचा बडिबिल्डरको उपाधिप्रदान गरेको छ । प्रतीक भिथाल मोहिते नामकती २५ वर्षीय युवकले सन् २०१२ देखि शारीरिक सुगठनमा संलग्न हुन थालेका हुन् । उनले सन् २०१६ मा पहिलो चोटी प्रतिस्पर्धामा भागलिन शुरू गरेका थिए । जन्मँदै छोटा हात खुट्टा भएका मोहितेले भनेका छन्, ‘मेरो सफलता देखेर मेरा परिवार धेरै खुशी र गौरवान्वित छन् । त्यसै गरी मेरा साथीहरू निकै सहयोगी रहेका छन् । मेरा एक जना मित्रले म विश्वकै सबैभन्दा होचो कदका बढिबिल्डर हुन सक्ने भएकाले गिनिजमा आवेदनदिन सल्लाह दिएका थिए ।कोभिड १९ महामारीका कारण गिनिजलाई उनको दाबी पुष्टि गर्न लामो समय लागेको थियो । आफ्नो करियरकै यसलाई सबैभन्दा ठूलो उपलब्धि मानेका मोहितेले अब एक मिनेट भित्र सबैभन्दा बढी पुस अप गरेर अ
मनोज गजुरेल बाँधिए विवाह बन्धनमा

मनोज गजुरेल बाँधिए विवाह बन्धनमा

Posted in कला
२५ आश्विन २०७८ न्युज अफ नेपाल, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् । मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । ‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् । मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा स
बाध्यताले परदेशिएकाहरु र तिनै परदेश पुगेका सन्तानको पर्खाइमा बाँचिरहेकी आमाको कथा बोकेको गीत सार्वजनिक

बाध्यताले परदेशिएकाहरु र तिनै परदेश पुगेका सन्तानको पर्खाइमा बाँचिरहेकी आमाको कथा बोकेको गीत सार्वजनिक

Posted in कला
काठमाडौं । विदेशिनु यतिबेला आम नेपालीहरुको बाध्यता बनेको छ । महंगिएको बजार भाउ, थेगि नसक्नुको स्वास्थ्य उपचार पद्धति, अति महंगो शिक्षा प्रणाली, उत्पादन र श्रमयोग्य युवा शक्ति बेरोजगार बन्नु जस्ता अनेकौँ विद्यमान जटिल परिस्थितिका कारण युवाहरु हरेक दिन परदेश हिँडिरहेका छन् राज्यले स्वदेशमा नै युवा शक्तिको सहि सदुपयोग गरेर राज्यलाई समृद्ध बनाउनु त एकादेशको कथा जस्तै बनेको छ किनकी यहाँ कुनै पनि राज्य संचालकहरुसँग अल्पकालिन र दीर्घकालिन राज्य समृद्धिको कुनै पहल नै छैन र योजना नै छैन बरु, उहि विदेशिएकाहरुको थोपारथोपा पसिनाको कमाईबाट पठाईएको रेमिट्यान्सको लेखाजोखा अनि तथ्यांक सार्वजनिक गर्दै उहि रेमिट्यान्सले देस चलिरहेको भाषणबाजी हुन्छ र समृद्धिको ग्राफ पढाईन्छ । उता सुन्दर सपना संगाल्दै परदेशिएकाहरुमध्ये दैनिक रुपमा ६ जनाले पराईभूमीमा मृत्युवरण गरेर लास आफन्तले बुझिरहँदाको दर्दनाक पीडाको
नेपाली फिल्म ‘एक्स नाइन’ गर्न सुनिल सेट्टी तयार

नेपाली फिल्म ‘एक्स नाइन’ गर्न सुनिल सेट्टी तयार

Posted in कला
फिल्मीखबर, काठमाण्डौ, 2021/10/08 सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’ को अफर बलिउड सुपरस्टार सुनिल सेट्टीलाई पनि गरिएको छ । शुक्रवार फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराए । सुनिलले आफूलाई सुनाएको चरित्र मन पराएका छन् । सुनिल सेट्टीसँँगको भेट गरेको तस्विर फेसबुकमा साझेदार गर्दै निर्देशक भट्टले लेखेका छन्, ‘हाम्रो फिल्म ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भयो । उहाँलाई मेरो अघिल्लो फिल्म र उहाँलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन परेको छ ।’ फिल्ममा सुनिल सेट्टीले काम गर्ने मौखिम सहमित भइसकेको र केही दिनमा कागजी सम्झौता हुने निर्देशक भट्टले बताए । उनले मुम्बईबाट फिल्मीखबरसँँग भने- ‘हामीले सुनिल सेट्टीलाई इमेलबाट स्क
यो वर्ष को सर्वोत्कृष्ट गायकको अवार्ड नवीन पौडेललाई

यो वर्ष को सर्वोत्कृष्ट गायकको अवार्ड नवीन पौडेललाई

Posted in कला
१९ आश्विन २०७८ काठमाडौैं । गीत संगीत र साधनामा लाग्ने हरुको लागि म्युजिक अवार्ड सफलता को मापन हो। त्यही मापनको लागि शुक्रबार राजधानिको प्रज्ञा प्रतिष्ठानमा कलाकारहरुलाइ अवार्डेड गरिएको छ। चौथो हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड पचास बिधामा बितरण गरिएको छ। बर्ष भरिमा प्रकाशन गरिएका गीत हरु मध्यबाट उत्कृष्ट छनोट गरेर अवार्डेड गर्ने गरिन्छ। राजधानिको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान्को हलमा आयोजित अवार्ड वितरण कार्यक्रम मा करिब पचास बिधाका उत्कृष्ट कलाकारलाइ सम्मान गरिएको हो। हिमालयन इभेन्ट को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट गायक को अवार्ड नवीन पौडेल लाई प्रदान गरिएको छ। उनको समयसान्दर्भिक गीत लेउ खुकुरी लेउू लाई बर्षको सर्वोत्कृष्ट गीत बाट अवार्डेड गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादिका उपाध्यक्ष राजेन्द्र पाण्डे रहनु भए
अस्कार अवार्डको लागि नेपाली फिल्मलाई दर्ता आह्वान

अस्कार अवार्डको लागि नेपाली फिल्मलाई दर्ता आह्वान

Posted in कला
फिल्मीखबर, काठमाण्डौ, 2021/10/04 ९४औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कार) मा नेपाली फिल्मको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आवेदन खुल्ला गरेको छ । एकेडेमीले तोकेका सबै मापदण्ड पुग्ने कागजातसहित असोज १९ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म फिल्म दर्ता गराइसक्नु पर्ने चलचित्र छनोट समिति नेपालले विज्ञप्तिमार्फत जनाएको छ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना पर धकलिएको हो । महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ । अघिल्ला वर्षहरुमा अस्कार अवार्डमा सहभागी हुन कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्न
‘फिल्मी शैली’ मा निमाको कमब्याक

‘फिल्मी शैली’ मा निमाको कमब्याक

Posted in कला
फिल्मीखबर, काठमाडौं, 2021/10/01 एक समय पप गायनमा निमा रुम्बाको ठूलो नाम थियो । ‘मिस् क्याटवाक’ गीतको सफलताले उचाइँमा पुगेका उनको ‘हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, मेरी प्रियसी’ जस्ता गीत आज पनि लोकप्रिय छन् । उनले आफूलाई गायन विधामा मात्र सीमित राखेका छैनन् । उनले नायक भएर फिल्ममा पनि अभिनय गरेका छन् । २००८ मा फिल्म ‘कागबेनी’ बाट उनले डेब्यू गरेका थिए । यो फिल्मपछि उनी न गायन न त फिल्म अभिनयमा नै सक्रिय भए । दर्शकलाई उनको अभाव भने हमेशा खड्किरह्यो । ‘सदाबहार गायक’ को रुपमा चिनिने रुम्बाले २०१८ मा फिल्म ‘छिरिङ’ बाट १० वर्षपछि नायकको रुपमा कमब्याक गरे । तर, उनका गीत सुनेर हुर्किएको पुस्ता भने उनको नयाँ गीतको प्रतिक्षामा बसेको थियो । अन्ततः त्यो प्रतिक्षाको घडी बिहीवारबाट सकिएको छ । उनको आवाजमा रहेको नयाँ गीत ‘पागल प्रेमी-२’ (क्रेजी लभर) सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र स