‘समाचार र विचारको
साझा चौतारी’





कला

‘बेल बटम’ को कमाईमा कोरोनाको असर

‘बेल बटम’ को कमाईमा कोरोनाको असर

Posted in कला
एजेन्सी, मुम्बई, 2021/08/24 अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरु निराश भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा रिलिज भएको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख छापेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो । ‘बेल बटम’ पछि फिल्म रिलिजको लाइन लाग्ने बलिउड फिल्मकर्मीहरुको विश्वास थियो । तर, यो फिल्मको कमजोर कमाईका कारण प्रदर्शनको तयारीमा रहेका फिल्म २०२२ सम्म टर्न सक्ने देखिएको छ । यद्यपि, यही २७ अगस्टमा अमिताभ बच्चनको ‘चेहरे’ र १० सेप्टेम्बरमा कंगना रनोटको ‘थलाइवी’ रिलिज हुँँदैछ । यी दुई फिल्मप्रति पनि बलिउडले निकै ठूलो आश गरेको छ । कोरोना महामारीको समयमा रिलिज भएको फिल्म ‘मुम्बई सागा’ ले पहिलो दिन २ करोड ८२ लाख र अर्को फिल्म ‘रुही’ ले ३ करोड ६ लाख कमाएको थियो ।
छायांकनमा निस्कियो शिव श्रेष्ठको ‘डाँडाको बरपीपल’

छायांकनमा निस्कियो शिव श्रेष्ठको ‘डाँडाको बरपीपल’

Posted in कला
फिल्मीखबर, काठमाडौं, 2021/08/24 कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट पूर्ण रुपमा ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्ने छाँटकाँट देखिएको छैन । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण दर १५ प्रतिशतमा झरेपछि मात्र सिनेमा हल लगायतका मनोरञ्जन क्षेत्र खुलाउन अनुमति दिने कार्यविधि तयार पारेपछि दशैंअघि फिल्म क्षेत्रका गतिविधि सुचारु हुने सम्भावना अत्यन्त न्यून देखिएको छ । सरकारले छायांकन अनुमति नदिए पनि फिल्म निर्माण भने रोकिएको छैन । गत असार अन्तिममा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । गएको बुधवार फिल्म ‘आँधी तुफान २’ ले पनि एक महिनाको सेड्युलमा छायांकन पुरा गर्‍यो । यसबीच, सोमवारबाट फिल्म ‘डाँडाको बरपीपल’ को छायांकन सुरु भएको छ । धादिङको धार्केबाट फिल्मको छायांकन थालिएको हो । ६० दिनको छायांकन सेड्युलमा काठमाडौं र चित्लाङमा फिल्म खिचिनेछ । शोभित बस्नेतको निर्देशन रह
जनकलाकार टुहुरेको स्वास्थ्य स्थिति गम्भीर

जनकलाकार टुहुरेको स्वास्थ्य स्थिति गम्भीर

Posted in कला, मूल खबर
६ भदौ २०७८ चौतारी पोष्ट अनलाइन ललितपुर। जन गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा स्थित निवासमा एक्कासी टुहुरेलडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको टुहुरेको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा सामर्थ सिंहले बताए । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको डा सिंहलेबताए । टुहुरेको उपचार अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । न्याय, समानता र स्वतन्त्रताका खातिर टुहुरेले आफ्नो जिवनको सम्पूर्ण समय जनगीति यात्रामा खर्चेकाछन् ।उनले दर्जनौ
महेश बाबूले नकारेपछि रणबीरलाई ‘रामायण’ को अफर

महेश बाबूले नकारेपछि रणबीरलाई ‘रामायण’ को अफर

Posted in कला
एजेन्सी, मुम्बई, 2021/08/20 फिल्म निर्माता मधु मन्टेना चाँडै रामायणमा आधारित भएर ठूलो लगानीमा ‘रामायण थ्रीडी’ निर्माण गर्दैछन् । फिल्ममा बलिउडका ठूला कलाकारहरु एकसाथ देखिँदैछन् । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोणले पहिलो पटक एकसाथ काम गर्दैछन् । फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् । अहिले निर्माण टिम फिल्ममा भगवान रामको भूमिकाका लागि कलाकारको खोजीमा छ । सबैभन्दा पहिलो साउथ सुपरस्टार महेश बाबूलाई यो रोल अफर गरिएको थियो । तर, उनले ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई डेट्स दिइसकेकाले ‘रामायण थ्रीडी’ मा काम गर्न इन्कार गरे । अब यो रोलको अफर बलिउड अभिनेता रणबीर कपूरलाई गरिएको खबर प्राप्त छ । निर्देशक नितेश आफैंले रणबीरलाई फिल्म अफर गरेका हुन् । उनलाई लाग्छ कि भगवान रामको चरित्रमा रणबीर पर्
तमिल फिल्म ‘ओथा सेरुप्पु’ को रिमेकमा अभिषेक

तमिल फिल्म ‘ओथा सेरुप्पु’ को रिमेकमा अभिषेक

Posted in कला
एजेन्सी, चेन्नई, 2021/08/14 बलिउड अभिनेता अभिषेक बच्चन तमिलको सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को हिन्दी रिमेकमा देखिने भएका छन् । अभिनेता तथा निर्देशक आर पार्थिएपनले फिल्मको हिन्दी भर्सनको छायांकन सुरु गरिसकेका छन् । २०१९ मा रिलिज भएको यो फिल्मले तमिल इन्डस्ट्रीमा कयौं रेकर्ड तोडेको थियो । फिल्मलाई पार्थिएपनले नै निर्देशन गरेका थिए भने उनकै मुख्य भूमिका थियो । पहिला ‘ओथा सेरुप्पु’ को रिमेकमा नवाजुद्दीन सिद्दीले काम गर्न लागेको चर्चा चलेको थियो । तर, उनीसँग निर्माण टिमको सहमति हुन नसकेपछि जूनियर बच्चनको हातमा फिल्म परेको थियो । उनले बिहीवार चेन्नईबाट फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनी पार्थिएपनले निर्वाह गरेको भूमिकामा देखिनेछन् । उनले पहिलो पटक तमिल फिल्मको रिमेकमा काम गरेका हुन् । फिल्म मासिलामणि (आर.पार्थीपन) को वरिपरी घुम्छ, जो एक हत्याको मामलामा संदिग्ध हुन्छन् र पुलिस
‘मिस्टर डन’ को सिक्वेल बन्ने

‘मिस्टर डन’ को सिक्वेल बन्ने

Posted in कला
फिल्मीखबर, काठमाडौं, 2021/08/14 पछिल्लो समय नेपालमा नाफा कमाएका फिल्मको सिक्वेल निर्माण गर्ने होडबाजी चलिरहेको बेला अर्को एक फिल्मको पनि सिक्वेल बन्ने भएको छ । २०६३ सालमा रिलिज भएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुन लागेको हो । कोरियोग्राफर दिनेश पाख्रिनको निर्देशनमा बन्ने फिल्मका लागि शुक्रवार एक गीत रेकर्ड गरियो । ‘बग्यो त्रिशुली’ बोलको गीतमा गायक राजेशपायल राईले आवाज भरेका छन् । पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको गीतमा विकास चौधरीको संगीत र हरी उप्रेतीको संगीत रहेको छ । फिल्ममा कथावाचनको रुपमा यो गीत प्रयोग गरिने निर्देशक पाख्रिनले बताए । गायक राईले रोमान्टिक थिमको गीत भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा न
लारालाई इन्दिरा गान्धी बन्न लाग्थ्यो तीन घन्टा

लारालाई इन्दिरा गान्धी बन्न लाग्थ्यो तीन घन्टा

Posted in कला
एजेन्सी, मुम्बई, 2021/08/07 बलिउड अभिनेत्री लारा दत्ताले प्रदर्शनको पखाईमा रहेको फिल्म ‘बेलबटम’ मा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छन् । उनले यो चरित्र निर्वाह गर्नु आफ्नो लागि एकदमै ठूलो चुनौती र जिम्मेवारी रहेको बताएकी छन् । फिल्ममा इन्दिरा गान्धी जस्तो देखिन उनले दिनहुँ तीन घन्टासम्म मेकअप गर्नुपर्थ्यो । उनी यो चरित्र निर्वाह गरेर आफू सन्तुष्ट रहेको बताउँछिन् । हालै सार्वजनिक फिल्मको ट्रेलरमा इन्दिरा गान्धीको भूमिकामा देखिएकी लारालाई चिन्न निकै मुश्किल हुन्छ । यो फिल्म १९८० को दशकको एक वास्तविकता घटनामा आधारित छ, जसमा भारतको खुफिया एजेन्सी ‘रअ’ का एक अधिकारी भारतीय विमानमा बन्धन बनेका २ सयभन्दा बढी मानिसलाई छुटाउन मिसनमा जान्छ । फिल्ममा ‘रअ’ अधिकारीको भूमिकामा अक्षय कुमार छन् । लाराले एक अन्तर्वार्तामा भनेकी छन्, ‘फिल्ममा मेरो लुकलाई सही राख्नु सर्वश्
मलिकालाई ‘नाईं नभन्नू ल ६’ को अफर

मलिकालाई ‘नाईं नभन्नू ल ६’ को अफर

Posted in कला
फिल्मीखबर, काठमाडौं, 2021/08/05 म्यूजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री हुन्, मलिका महत । अभिनेता सलिनमान बनियाँसँग जोडी बाँधेर फिल्म ‘यात्रा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्मले नै फ्लप भयो । यद्यपि, उनको अभिनय र सुन्दरता भने दर्शकले रुचाए । यसपछि उनले खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानी फोटो’ मा काम गरिन्, जुन प्रदर्शनको पखाईमा छ । फिल्ममा काम गरेर पनि चर्चामा आउन नसकेकी मलिकालाई लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी’ गीतले एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनको जोडी पल शाहसँग दर्शकले निकै रुचाए । यसपछि उनले पुनः पलसँगै ‘टाढा भएपनि’ गीतमा अभिनय गरिन् । यो गीतले पनि उनको लोकप्रियता चुल्याउन मद्दत गर्‍यो । अहिले उनको म्यूजिक भिडियोमा ‘हाइ डिमान्ड’ छ । म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट फिल्म अफ
‘आइरन म्यान’ का लागि टम क्रूज थिए पहिलो रोजाइ

‘आइरन म्यान’ का लागि टम क्रूज थिए पहिलो रोजाइ

Posted in कला
एजेन्सी, अमेरिका, 2021/08/05 विश्वभरमा झैँ नेपालमा पनि मार्वलका फिल्म रुचाउने दर्शकको संख्या ठूलो छ । मार्वल फिल्मका सबै सुपरस्टार संसारभरमा लोकप्रिय छन् । मार्वल यूनिभर्सको सबैभन्दा लोकप्रिय सुपरहिरोजमध्ये एक हो- ‘आइरन म्यान’ । हलिउड स्टार रोबर्ट डाउनी जूनियरले यो चरित्रलाई यति जीवन्त ढंगले निर्वाह गरेका छन् कि आज दर्शकले उनलाई ‘आइरन म्यान’ कै रुपमा चिन्ने गर्दछन् । तर, के तपाईंहरुलाई रोबर्टभन्दा पहिला ‘आइरन म्यान’ को अफर कसलाई भएको थियो भन्ने थाहा छ ? रोबर्टभन्दा पहिला यो रोल हलिउड सुपरस्टार टम क्रूजलाई अफर भएको थियो । तर, भनिन्छ नी, ‘किस्मतमा लेखिएको कसैले बदल्न सक्दैन ।’ टमले कुनै कारणले फिल्ममा काम गर्न नभ्याएपछि मार्वल यूनिभर्सले रोबर्टलाई अप्रोच गरेको थियो । उनले भने सहर्ष फिल्म स्वीकार गरे । रिल लाइफको कुरा गर्ने हो भने फिल्म ‘एभेन्जर्स एन्ड गेम’ मा थानोस (जोश ब्रोलिन) सँग
लकडाउनमा नेपालमा अड्किएका थिए ‘मिमी’ का राज

लकडाउनमा नेपालमा अड्किएका थिए ‘मिमी’ का राज

Posted in कला
एजेन्सी, मुम्बई, 2021/08/02 त्यसबेला जेकब स्मिथ ३ वर्षका थिए जब उनी पिता क्रिष, आमा जूली र दिदी ऐरिनसँग जून २०१९ मा वर्ल्ड टूरमा निस्किएका थिए । उनीहरु अक्टूबर २०१९ मा भारतको गोवा पुगे । गत वर्षको मार्चमा कोरोनाका कारण लकडाउन हुनुभन्दा अगाडि उनीहरु भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगरी देश गएका थिए । लकडाउनमा भने केही महिना उनीहरु नेपालमै अड्किएका थिए । लकडाउन खुलेपछि जेकबलाई परिवारले गोवाको किन्डरगार्टनमा छाडिदिए । जब डिसेम्बरमा उनका माता-पिता आए तब जेकब एक कास्टिङ एजेन्सीमा थिए । त्यसपछि उनी जनवरी २०२० मा माता-पिताको साथमा मुम्बई आए । लगत्तै जेकबले अभिनयको कोचिङ लिए र फिल्म ‘मिमी’ को छायांकनका लागि राजस्थान गए । उनी स्कटिस भएकाले उनको आवाज पछि डब गरिएको हो । जेकबकी आमाका अनुसार, उनलाई हिन्दी डाइलगको २० पेज दिइएको थियो । उनले डाइलगको लाइन सिके पनि स्कटिस टोन आयो । ‘मिमी’ मा उन