खेलकुद

बार्सिलोना र बायर्न क्वाटरफाइनलमै भिड्ने

आइतवार, श्रावण २५, २०७७
जेन्सी – उपाधिका दुई दाबेदार टोली क्याटलान क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमै भिड्ने भएका छन् ।

शनिबार राति आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् । यि दुई टोलीबीचको खेल पोर्चुगलको लिस्वनमा १४ अगस्टको राति हुनेछ । क्वाटरफाइनलका खेलहरु १२ अगस्टदेखि सुरु हुनेछ ।
यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यि दुई टोली २०१५ यता पहिलोपटक भिड्न लागेका हुन् । २०१५ को च्याम्पियन्स लिगको सेमिफाइनलमा यि दुई टोलीले समान एक खेल जितेका थिए । यि दुई टोली ६ पटक आमनेसामने हुँदा बायर्नले चार तथा बार्सिलोनाले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

शनिबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले इटालियन प्रतिद्वन्द्वी नेपोलीमाथि ३–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । यता पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई गोल तथा दुई असिस्ट दिएपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीमाथि ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ ।

बार्सिलोनाको जितमा क्लेमेन्ट लेङ्लेट, कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गर्दा नेपोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काएका थिए । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोले गोल गर्दा चेल्सी टम्मी अब्राहमले एक गोल फर्काए।

बार्सिलोनाका लागि बायर्नविरुद्ध कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमन मुख्य हतियार हुनेछ । बायर्नका लागि रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । यो सिजन उच्च प्रदर्शन गरिरहेको लेवान्डोस्कीले यो सिजन ४४ खेलमा ५३ गोल गरेका छन् ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button