मेचीनगर । नेपाली गीत संगीतको क्षेत्रमा दिनेश सुब्बा आफैमा सुपरिचित एउटा नाम हो । दार्जीलिङमा जन्मेर निरन्तर नेपाली गीत संगीतको श्रीवृद्दिमा लागेका संगीतकार सुब्बाको अहिलेको बसोबास भने हङकङमा रहेको छ । सुगम संगीतको धारलाई पक्रेर जिवनको सम्पूर्ण समयनै संगीत त्यो पनि नेपाली गीत संगीतमा समर्पण गरेका सुब्बाले आफ्नो सांगीतिक जिवनकै आज सम्मको यात्रामा सार्वजनिक रुपमानै भन्नु पर्छ लामो समयको अन्तराल पछि आफै गायक बनेर फेरि नेपाली सांगीतिक फाँटमा नयाँ कोशेली बोकेर आउने अन्तिम तयारी गरिरहेकाछन् । संगीतकारका रुपमा सर्वत्र परिचय छोडेका दिनेशले गायकको नयाँ परिचय पनि बनेर आफ्ना प्यारा श्रोता माझ आउने भएका हुन् ।
नेपाली गीत संगीतको क्षेत्रमा २०३९ सालमा ‘मेरो सस्तो मायाँ ’ बोलको गीत आफ्ना रचना र संगीतमा रेडियो नेपालमा रेर्कड गराएर सांगीतिक फाँटमा प्रबेश गरेका सुब्बाले त्यस पछि निरन्तर आज सम्म संगीत साधनामै आफ्नो समय खर्चेकाछन् । दर्जनौँ नेपाली गीत ह्दयस्पर्शी संगीत भरेका सुब्बाले आफ्नो सांगीतिक जिवनको दार्जीलिङ्देखि हङकङ सम्म पनि आफ्नो कालजयी सांगीतिक यात्रालाई आज पर्यन्त निरन्तरता दिदै पछिल्लो समयमा उनै सुपरिचित संगीतकार सुब्बा नयाँ पन अर्थात गायक बनेर हाम्रा सामु आउने भएका हुन् । संगीतकार दिनेश सुब्बाले दजनौ गीतमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकाछन् उनका सबै सगीत भरिएका गीतहरु आम श्रोता माझ लोकपृय त छन् नै त्यस मध्ये पनि बादलुको घुम्टोले , हाम्रो सानो संसार थियो, धेरै देखेँ सपनीमा , मैले रोजेको फूल लगायतका उनका संगीतबद्द गीतहरु अहिले पनि आम श्रोताहरुको रोजाईमाछन् ।
नेपाली गीत संगीतमा उनले पु¥याएको योगदानको सम्मान स्वरुप दजनौँ पुरस्कार र सम्मानले सम्मानित कलाकार दिनेश सुब्बा आज पनि नेपाली गीत संगीतकै उन्नतिका खातिर अहोरात्र खटिरहेकाछन् । श्रोता सामु आउन लागेको यो उनको मधुर स्वरले भरिएको गीतको रचना सीता लिम्बू माङ्गयूङ्गको रहको छ भने संगीत स्वयम् गायक दिनेश सुब्बा र संगीत संयोजन कुमार थापाको रहेको छ । कलाकार दिनेश यो गीत उनकै शब्दलाई पैचो लिदा हार्न नसकेर गायक उनले बताए । गीतका रचनाकार सीताले आफ्नो यो शब्दमा संगीतकार सुब्बाकै स्वरका लागि धेरै आग्रह र कर गरेपछि आफुले हार्न नसकेर गाउन लागेको बताए । उनले आफुले संगीत गरेको यो गीतलाई शब्दको भावमाथि अन्याय नहुने गरि आफुले स्वर हाल्ने बताए । सुब्बाका भनाईमा एउटा गीतमा जब शब्द माथि संगीत पोतिन्छ र संगीत संयोजनको भाकापारा मिलाईन्छ अनि त्यसलाई सजिव रुपमा उतार्नका लागि स्वर हाल्ने गरीन्छ जसले त्यो गीत आफै जिउँदो भएर बोल्न थाल्छ र हामी सुन्छौँ ।उनले एउटा समयको अन्तरालमा आफुले गाउन लागेको यो गीतलाई सके सम्म न्याय गर्ने समेत बताएकाछन् ।
संक्षिप्तमा संगीतकार दिनेशको परिचय
जन्मस्थानः २०१८ कार्तिक ११, तामसाङ, दार्जिलिङ । माता पिताः अम्बिरा सुब्बा, रनबहादुर सुब्बा शिक्षाः स्नातक विसारत। स्थायी ठेगानाः लोहाचोक, नख्खिपोट ललितपुर महानगरपालिका । पहिलो रचनाः वि सं २०३९ मा ’मेरो सस्तो माया‘ बोलको गीत आफ्नै सङ्गीत र स्वरमा रेडियो नेपालमा रेकर्ड । कृतिसृजनाः निशाद एल्बम, मनोभावएल्बम, युनिसन एल्बम, आमाकी नानी एल्बम, सम्झौता एल्बम, नितान्त एल्बम, मुटुका प्रतिध्वनि एल्बम । अनुभवहरूः दुई दशकदेखि हङकङमा हिमालयन टोन्स म्युजिक एकेडेमी सञ्चालन । वि। सं। २०६४ मा दिनेश सुब्बा एकल साँझ हङकङ बाट सङ्कलित रु। ४,००००० चार लाख धरानस्थित ज्ञानचक्षु विद्यालयलाई सहयोग प्रदान । सोही एकल गायनमा बनेको एल्बम ‘नितान्त’को विमोचनको अवसरलाई विषेश महत्व दिँदै सङ्गीत एकाडेमी इटहरीलाई रु। १,५०,००० एक लाख पचास हजार सहयोग प्रदान । वि सं २०६६ मा दिनेश सुब्बाको साङ्गीतिक जीवनयात्रामा आधारित रवीन बान्तावा खाहोङ राईले निर्माण र निर्देशन गरेको वृत्तचित्र ‘क्यानभास इन द एयर’को भव्य प्रदर्शन । वि सं। २०७१ मा हङकङमा हिमालयन टोन्सको आयोजनामा अम्बर गुरुङको भव्य अभिनन्दन र साङ्गीतिक कार्यक्रम । वि सं २०७३ मा सङ्गीत एकेडेमी इटहरीद्वारा इटहरीमा दिनेश सुब्बा एकल गायन कार्यक्रम सम्पन्न । पुरस्कार÷सम्मानः वि। सं। २०३९ मा गोरखा दुःख निवारक सम्मेलनको गायन प्रतियोगितामा प्रथम, वि। सं। २०३९ मा गोरखा दुःख निवारक सम्मेलनको देवकोटा लोक सङ्गीत प्रतियोगितामा दोस्रो । वि सं २०४३ मा रेडियो नेपालद्वारा आयोजित गायन प्रतियोगितामा प्रथम । वि सं २०४४ मा तत्कालीन रानी ऐश्वर्याको चालीसौँ जन्मोत्सवको उपलक्ष्यमा आयोजित स्वदेशगान प्रतियोगिमामा प्रथम । वि सं २०४३ सालमा रेडियो नेपालद्वारा आयोजित गायन प्रतियोगितामा प्रथम । वि सं २०५३ मा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा सङ्गीतमा प्रथम । हङकङ नेपाली संघद्वारा आयोजित हङकङ नेपाली अवार्ड २०६६ प्राप्त। हिरो हिट्स एफएम म्युजिक अवार्ड २०७५ मा आधुनिक सङ्गीत विधामा सङ्गीतकारको अवार्ड प्राप्त । अन्यः हिमालयन टोन्स एकाडेमीको प्रकाशनमा बाल पत्रिका ‘पिङ’को तीन अङ्क प्रकाशन । बाल गीतसङ्ग्रह ‘आमाकी नानिको’ भिडियो निर्माण। हालको ठेगानाः हङकङ नख्खिपोट, ललितपुर, जन संसद दैनिकबाट ।