‘समाचार र विचारको
साझा चौतारी’



खेलकुद

युभेन्ट्सको सहज जित

युभेन्ट्सको सहज जित

Posted in खेलकुद
मंसिर २०, २०७८ एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्टसको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । पहिलो हाफमा कोर्डाडो र दोस्रो हाफमा डिबालाले गोल गरेका थिए । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको नवौं मिनेटमा कोर्डाडोको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए । बल पोसेसनमा बलियो पकड राखेपनि युभेन्ट्सले दोस्रो गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । ८२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । उनले फेडरिको बर्नरडेस्चीका पासमा गोल गरेका थिए । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान २७ अंक नै रहेपनि युभेन्ट्सले फियारेन्टिनालाई पछि पारेको हो । पराजित जिनोआ
लेवान्डोस्कीको दुई गोलमा डर्टमुन्डको हार

लेवान्डोस्कीको दुई गोलमा डर्टमुन्डको हार

Posted in खेलकुद
मंसिर १९, २०७८ एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा प्रतिस्पर्धा गरिरहेको बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले समेटिएको डर्टमुन्डलाई उसकै मैदानमा ३–२ को जित निकालेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । खेलको पाँचौ मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुन्डले अग्रता लिएको थियो । उनले जुडे बेलिङघमको पासमा गोल गरेका थिए। तर, डर्टमुन्डको अग्रता लामो समय टिकेन । नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस मुलरको पासलाई सदुपयोग गरेका थिए । ४४औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ४८ौं मिनेटमा एर्लिङ ब्राउट हालान्डले
रियल म्याड्रिडको ७ अंकको अग्रता

रियल म्याड्रिडको ७ अंकको अग्रता

Posted in खेलकुद
मंसिर १६, २०७८ एजेन्सी – फरवार्ड करिम बेन्जेमाको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओलाई पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियललाई ३ अंक जोड्न करिम बेन्जेमाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गरेका थिए। सान्टियागो बर्नबेउमा बल पोसेसनमा पकड बनाएपनि घरेलु टोलीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । छैटौं मिनेटमा भिनिसियस जुनियरको पासमा कप्तान करिम बेन्जेमको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । २३औं मिनेटमा इनाकी विलियम्सको प्रहार इडर मिलिसाओलाई डिफ्लेक्ट हुदै बाहिरिदा बिल्वाओ अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मुनिएनको फ्रिकिकमा राहुल गार्सियाको ६ यार्डको डाइभिङ हेडरलाई गोलरक्षक थिवाउट कोर्टुवाले नियन्त्रणमा लिए । ४०औं मिनेटमा कप्तान बेन्जेमाले
ग्लोबल छनोटमा पुग्न निर्णायक खेल खेल्दै नेपाल

ग्लोबल छनोटमा पुग्न निर्णायक खेल खेल्दै नेपाल

Posted in खेलकुद
मंसिर १२, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल मध्याहन्न ११ : १५ मा आइसिसी एकेडेमी नम्बर २ मा हुनेछ । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । युएई ४ खेलमा ४ मानै जितका साथ शीर्षस्थानमा छ । घरेलु टोली युएई नेपाललाई स्तब्ध बनाउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । युएईले घरेलु मैदान र वातावरणको अतिरिक्त फाइदा उठाउने सोचमा छ । यता नेपाल भने युएईमाथि सहज जितका साथ ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ । नेपालको ओपनर सीता रानामगर लयमा देखिए
चेल्सीका चिलवेल ६ साता मैदान बाहिर

चेल्सीका चिलवेल ६ साता मैदान बाहिर

Posted in खेलकुद
मंसिर ११, २०७८ एजेन्सी – इंग्लिस क्लब चेल्सीका डिफेन्डर बेन चिलवेल कम्तीमा ६ साता मैदान बाहिर रहने पक्का भएको छ । एन्टेरिएर क्रुसिएट लिगामेन्ट ९एसिएल० चोटका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । यसको अर्थ उनी यो वर्ष (२०२१) मा मैदान बाहिर रहनेछ । चिलवेलले च्याम्पियन्स लिगमा युभेन्ट्समाथि ४–० को जित निकालेको खेलको पहिलो हाफमै चोट बोक्न पुगेका थिए । चेल्सीका प्रशिक्षक थोमस टुचेलले चिलवेलको तत्कालै शल्यक्रिया गर्न आवश्यक नरहेको र त्यो हेर्नको लागि ६ साता लाग्ने बताएका छन् । यो अवधिमा चोट पर्याप्त रुपमा निको हुन नसके उनको शल्यक्रिया नै गर्नुपर्ने प्रशिक्षक टुचेलले बताएका छन् । ‘बेन बाहिर छ ।’ टुचेलले भने, ‘उहाँको एसिएलको आंशिक चोट छ र तत्कालै शल्यक्रिया गरिदैन । उनी पुर्ण रुपमा फिट हुनेछन् । या शल्यक्रिया र्न गर्नुपर्ने अर्को ६ साताले नै के गर्ने भन्ने बताउनेछ ।’ टुचेलले
महिला खेलाडीलाई सेवासुविधामा विभेद

महिला खेलाडीलाई सेवासुविधामा विभेद

Posted in खेलकुद
काठमाडौं ,मंसिर ८, २०७८ खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ। निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ। यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवासुविधासम्म पनि असमान देखिन्छ। यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ। पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ। महिलातर्फ भने ५ लाख मात्रै छ। पुरुषतर्फ उपविजेताले १० लाख पाउँदा महिलातर्फ ३ लाख रुपैयाँ छ। परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल सेवासुविधाको असमानताबारे अहिलेसम्म उजुरी नआएको बताउँछिन्। ‘महिला र पुरुष खेलाडीबीचको सेवासुव
फिफाको ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

फिफाको ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

Posted in खेलकुद
मंसिर ७, २०७८ एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् । महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर
सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

Posted in खेलकुद
मंसिर ६, २०७८ एजेन्सी – ग्रानडामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली ग्रानडालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियल शीर्षस्थानमा फर्किएको हो । रियलले सेभिया र रियल सोसिडाडलाई पछि पारेको हो । रियलको फराकिलो जितमा मार्काे एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले समान एक गोल गरे । घरेलु टोलीका लुइस सुआरेजले एक गोल फर्काए । ग्रानडामा आइतबार राति भएको खेलको १९औं मिनेटमा मार्काे एसेन्सियाको गोलबाट रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । २५औं मिनेटमा टोनी क्रुसकै पासमा नाँचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउँदै ग्रानडालाई खेलमा फर्काउने संकेत दिए । उनले म्याक
म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

Posted in खेलकुद
मंसिर ५, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु टोली वाट्फोर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । युनाइटेलाई लज्जास्पद हार चखाउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरे । युनाइटेडका डोनी भान डि विकले एक गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं र ११औं मिनेटमा अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो । आठौं मिनेटमा इस्माइला सार पेनाल्टीमा चुकेपनि रिवाउन्डको अवसर पाएपनि ११औं मिनेटमा उनले गोल गर्न सकेनन् । तर २८औं मिनेटमा जोसुआ किङले इमानुएल डेनिसको पासमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ४४औं मिनेटमा इस्माइला सारले किकोको पासमा गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा ड
थ्री स्टारसँग रुस्लान र एडिडासको सम्झौता नविकरण

थ्री स्टारसँग रुस्लान र एडिडासको सम्झौता नविकरण

Posted in खेलकुद
मंसिर ३, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली रुस्लान थ्री स्टार क्लबले मुख्य प्रायोजक रुस्लान फुटबल र किट्स पार्टनर एडिडाससँगको सम्झौता नवीकरण गरेको छ । थ्री स्टारले बिहीबार क्लबको मुख्य प्रायोजकमा रुस्लान नै रहने जनाएको छ । सम्झौता नवीकरणसँगै थ्री स्टारले रुस्लान थ्री स्टार क्लबको नामबाट एडिडासको किट्स र खेल सामग्री प्रयोग गर्दै शीर्ष डिभिजन खेल्नेछ । यो सिजनको लिग शुक्रबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल ४ः४५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । थ्री स्टारले शनिबार पाटन डर्वीको च्यासल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।