
नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेको छ। महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाइएको छ।
महासंघले शिक्षकहरूको निवृत्तिभरण, अस्थायी सेवाको गणना, दुर्गम तथा स्थानीय भत्ता, विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी, विद्यालय शिक्षा ऐन, ४५ बुँदे सुझाव तथा शिक्षा नियमावली संशोधनलगायत सातवटा माग अघि सारेको छ।
यी माग तत्काल सम्बोधन गरी विगतका सहमति कार्यान्वयन नगरिए कडा र निर्णायक आन्दोलनमा उत्रिने महासंघले चेतावनी दिएको छ।
शिक्षक महासंघका सात बुँदे माग के-के हुन्? सरकारले किन पूरा गर्न सकेको छैन? अब शिक्षक आन्दोलन कुन दिशातर्फ अघि बढ्ला?
विस्तृत जानकारीका लागि पूरा समाचार हेर्नुहोस्।
समाचार मन परे Like, Share र Subscribe गर्न नभुल्नुहोला।


