
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति पुनः तरंगित बनेको छ। हसिनाको समर्थनमा अवामी लिगले नोभेम्बर २७ र २८ मा देशव्यापी बन्द आह्वान गरेको छ।
पार्टीमाथिको प्रतिबन्ध हटाउनुपर्ने, राजनीतिक बन्दी रिहा गर्नुपर्ने तथा हसिना र पार्टीका नेताहरूमाथिका मुद्दा फिर्ता लिनुपर्ने लगायत आठबुँदे माग अघि सारिएको छ।
मृत्युदण्डको फैसला, भारतसँगको सुपुर्दगी विवाद, बंगलादेश सरकारको पक्राउ गर्ने चेतावनी र पछिल्लो हिंसात्मक घटनाले दक्षिण एसियाली राजनीतिमा नयाँ प्रश्न खडा गरेको छ।
के शेख हसिना वास्तवमै डिसेम्बर १६ मा स्वदेश फर्किन सक्छिन्? उनको पुनरागमनले बंगलादेशमा राजनीतिक स्थिरता ल्याउँछ वा नयाँ द्वन्द्व निम्त्याउँछ? विस्तृत जानकारीका लागि पूरा समाचार हेर्नुहोस्।
समाचार मन परेमा भिडियो लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।



