
बिर्तामोड । बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको दुइवटा समूहबीच रोचक भिडन्त हुने भएको छ ।
यहि मंसिर १४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षबाट देबेन्द्र सिटौलाको नेतृत्वमा नेकपा एमाले, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छ्न ।
नेपाली कांग्रेसले कोषाध्यक्षमा केशव श्रेष्ठलाई उम्मेद्वार बनाएको छ भने सदस्यमा राम प्रसाईं र गजेन्द्र ओलीलाई उठाएको छ ।
दलीय भगबण्डा अनुसार काग्रेस अध्यक्ष र कोषाध्यक्षसहित चार, एमाले सचिवसहित दुई, श्रम संस्कृती पार्टी उपाध्यक्षसहित दुई र नेपाली कम्युनिष्ट पार्टीले एक सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी काग्रेसको विशेष महाधिवेशन पक्षबाट पारश मैनालीको नेतृत्वमा राप्रपा सम्मिलित दुई दलीय प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
नियमित महाधिवेशन पक्ष काग्रेस नेतृत्वको प्यानलबाट एमालेका प्रदिप खरेल सचिव र सदस्यमा निर्मला खरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी यो प्यानबाट श्रम संस्कृति पार्टीका सुबास मोक्तान उपाध्यक्ष र गङ्गादेबी कन्दङवाले सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पुनम अधिकारी लिम्बुले आज उम्मेदवारी दर्ता गराउनु भएको छ ।
काग्रेसको बिशेष महाधिवेशन पक्षधर नेतृत्वको प्यानलबाट उपाध्यक्षमा सैलेश सिटौला,कोषाध्यक्षमा आनन्द गुरुङ्ग, सदस्यमा बिरण कुमार कोइराला, कमला अग्रवाल, शोना श्रेष्ठ र किरण सुब्बाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने यो प्यानलमा राप्रपाले सचिवमा खगेन्द्र थापा र सदस्यमा बिकाश रिजाललाई उम्मेद्वार बनाएको छ ।
यो प्यानलमा काग्रेसको बिशेष महाधिवेशन पक्षले सात र राप्रपाले पाच पदमा उम्मेदवार उठाएका छन । यो पक्षले आफ्नो समूहलाई राष्ट्रवादी प्रजातान्त्रिक प्यानल नाम दिएको छ भने नियमित महाधिवेशन पक्ष नेतृत्वको समूहलाई स्वतन्त्र समावेशी प्यानल नाम दिइएको छ ।
नेपाली कांग्रेस विशेष र नियमित महाधिवेशन खेमामा बिभाजित भएर अलग-अलग महाधिवेशन गर्न लागेपछी त्यसको प्रभाव विभिन्न जिल्लाका संघ संस्थाका चुनावहरुमा देखिन थालेको छ ।
यो बिभाजनको असर आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि राम्ररी नै पर्ने देखिएको छ । काग्रेसका शुभचिन्तकहरु दुवै पक्षले आ-आफ्नो हठ त्यागेर चाडै एकतावद्ध भएको देख्न चाहिरहेका छ्न । हेरौ काग्रेसीजनको आगामी यात्र कसरी अगाडि बढछ ।



