खबरभिडियो चौतारी

डिसेम्बर १६ मा शेख हसिना बंगलादेश फर्किंदै? भारतको यस्तो जवाफ, ढाकामा नयाँ तनाव!

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ अर्थात् बंगलादेशको विजय दिवसका दिन स्वदेश फर्किने घोषणा गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले ढाका फर्किन बंगलादेश सरकारसँग राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था गरिदिन आग्रह गरेपछि नयाँ राजनीतिक बहस सुरु भएको छ।

यसैबीच भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशले गरेको प्रत्यर्पण अनुरोधमाथि भारतले आफ्नो स्थापित प्रक्रियाअनुसार विचार गरिरहेको बताएका छन्। उनले स्वैच्छिक रूपमा स्वदेश फर्किन चाहने नागरिकका लागि आवश्यक यात्रा कागजातको व्यवस्था र प्रत्यर्पण प्रक्रिया फरक विषय भएको स्पष्ट पारेका छन्।

तर बंगलादेश सरकारले हसिना प्रत्यर्पण प्रक्रियाबाट मात्रै फर्किन सक्ने अडान राखेको छ। सन् २०२४ को विद्यार्थी आन्दोलनमा भएको दमनसम्बन्धी मुद्दामा हसिनालाई मृत्युदण्ड सुनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलन र दमनका क्रममा करिब १ हजार ४०० जनाको ज्यान गएको हुन सक्ने अनुमान छ।

के हसिना डिसेम्बर १६ मा वास्तवमै बंगलादेश फर्किन सक्छिन्? भारतले उनलाई सुपुर्दगी गर्ला? मृत्युदण्डको फैसला र बंगलादेशको राजनीतिक परिस्थितिबीच उनको स्वदेश फिर्ती कति सम्भव छ? भारत र बंगलादेशबीचको पछिल्लो कूटनीतिक घटनाक्रमले के संकेत गर्छ? यस भिडियोमा यी सबै विषयको तथ्यपरक विश्लेषण प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button