भिडियो चौतारीमूल खबरहेड लाइन

गगन थापाको देउवा पक्षलाई कडा चेतावनी ! कांग्रेसमा दुईवटा महाधिवेशन नहुने स्पष्ट संकेत

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि चर्किएको छ। पार्टी सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई पार्टी विधानविपरीत गतिविधि नगर्न चेतावनी दिँदै आवश्यक परे कारबाही गर्ने संकेत गरेका छन्।

एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने थापाको भनाइसँगै कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ। देउवा पक्षको छुट्टै महाधिवेशनको तयारी, पार्टीको आधिकारिकतासम्बन्धी विवाद र कांग्रेसको चुनाव चिह्न प्रयोग गर्ने विषयले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

आखिर गगन थापाले किन दिए यस्तो चेतावनी? देउवा पक्षको आगामी कदम के होला? कांग्रेसको आन्तरिक विवादले पार्टीको भविष्यमा कस्तो प्रभाव पार्ला?

यी सबै विषयबारे विस्तृत जानकारीका लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button