खबरभिडियो चौतारी

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउपछि चार दिन हिरासतमा!

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

भारतबाट पक्राउ गरी नेपाल ल्याइएका अर्याल मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको भनिएको प्रकरणमा अनुसन्धानको दायरामा परेका छन्।

सीआईबीको अनुसन्धानमा एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको विषयसमेत जोडिएको छ। अर्यालको निवासमा खानतलासी, नियन्त्रणमा लिइएका कागजात, तत्कालीन मन्त्री तथा सरकारी अधिकारीहरूको भूमिकालगायतका विषयले यो प्रकरणलाई थप चर्चामा ल्याएको छ।

यस घटनाको पृष्ठभूमि, अर्यालमाथिका आरोप, पक्राउ प्रक्रिया र अबको अनुसन्धानबारे विस्तृत जानकारीका लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्।

समाचार मन परेमा भिडियो लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button