मूल खबर

तिनकुनेमा टिपरले ३ वटा मोटरसाइकलाई किच्यो, एकको मृत्यु, २ गम्भीर

काठमाडौंको तिनकुनेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

आइतबार साँझ एक टिपरले तिनओटा मोटरसाईकलाई ठक्कर दिएको र एक जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानकारी दिए। उनका अनुसार एक टिपरले ३ ओटा मोटरसाईकलाई ठक्कर दिएको हो।

ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य २ जना गम्भीर घाइते छन्। मृतकको सनाखत हुन सकेको छैन।

ठक्कर दिने टिपरको एकिन नखुलेपनि एक संकास्पद टिपरलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञावलीले बताए।नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button