खबर

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन्। रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो ।

रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो ।

‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,’ बालिकाको बुवाले भने,‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुहोस् भनेँ । डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेको जस्तो भएँ ।’कान्तिपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button