मूल खबर

नेपालमा कोरोना संक्रमित संख्या १८११ पुग्यो

ललितपुर ।

सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज अपरान्ह ४ बजे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा २२६ जनामा कोरोना संक्रमण भएको जानकारी दिईएको थियो । त्यसको लगत्तै दुई घण्टापछि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिज्ञप्ति मार्फत् मन्त्रालयले जानकारी दिएको छ ।

आज एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । थपिएका १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button